पथरी, मोरङको पथरीशनिश्चरे नगरपालिका–१० स्थित पशुपति सामुदायिक वनमा आर्थिक चलखेल भएको सोही वडाका वडाध्यक्ष सागर राइले आरोप लगाएका छन् । उपभोक्ता समूहको ९ औं वार्षिक साधारण सभामा बोल्दै राईले आर्थिक चलखेल भएको आरोप लगाएका हुन् ।
साधारण सभाको अवसरमा वन उपभोक्ता समुहले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन माथी प्रश्न उठाउदै राईले समितिले अस्पष्ट प्रतिवेदन प्रस्तुत गरेको बताएका छन् । राईले भने–“नगरपालिका बाट आएको रकम भन्दा बढि आम्दानी देखाएर वनका पदाधिकारीहरुले उपभोक्ता र जनता झुक्याउन खोज्यो ।”
नगरपालिकाबाट १ लाख ५० हजार सहयोग गर्ने कुरा भएपनि अहिले सम्म पारित नभएको तर प्रतिवेदनमा अस्पष्ट तरिकाले ५ लाख उल्लेख गरेको पाइएपछि स्पष्ट पार्न उनले वनका अध्यक्ष ईश्वर चौहानलाई आग्रह गरेका छन् ।
त्यस्तै राईले गत वर्ष वनले १८ सय क्युफिट काठ निकासा गरेको भएपनि सोको आम्दानी प्रतिवेदनमा उल्लेख नगरेकोमा आप्पत्ती जनाएका छन् । सो काठको मुल्य २५ लाख भन्दा माथी रहेको तर प्रतिवेदनमा उल्लेख नगरेको राईको भनाई रहेको छ ।
त्यस्तै गरी वनका पूर्व सचिव कृष्ण प्रसाद घिमिरेलाई २ लाख २७ हजार ७ सय २७ रुपैया पेस्की दिएको प्रतिवेदनमा उल्लेख भएपछि उनले सोको वास्तविकता उपभोक्ता सामु ल्याउन पनि आग्रह गरेका छन् ।
त्यस्तै गरि उपभोक्ता ज्ञानेन्द्र राईले वनबाट निस्केको काठको पुरा विवरण नआएकोमा त्यो हिसाब देखाउनु पर्ने माग राखेका थिए ।
उक्त आरोपको खण्डन गर्दै वन समिती सचिव मैनादेवी फुयालले बन्दसत्र मार्फत सम्पुर्ण उपभोक्ताहरुको जिज्ञासा समेट्दै सम्पुर्ण हिसाब स्पष्ट पारेको टेलिफोन समपर्कमा वताईन । टेलिफोन समपर्कमा फुयालले भनिन्–“वडा अध्यक्षज्युले राख्नुभएको जिज्ञासको हामीले वन्द सत्रमा उपभोक्ता माझमा समपुर्ण हिसाव सार्वजनिक गर्यौ त्यसमा कुनै विवाद छैन् ।” सम्वधित व्याक्ति र सरोकारवाला पक्षलाई आवश्यक परेको वेला कार्यालय समयमा हामी हिसाव देखाउन तयार छौँ फुयालले–भनिन् । वडा अध्यक्ष ज्यूले सामाजिक विकासको क्षेत्रमा गरेको लगानीको विवरण माग्नु भएको छ त्यसको विवरण हामी ५ दिन भित्रमा दिन्छौँ ।
साथै आफुले कार्यभार सम्हाले देखि कुनै पनि आर्थिक अपारदर्शिता नरहेको र काठको निकासी पैठारीमा तलमाथी नभएकोमा सवै उपभोक्तालाई ढुक्क हुन समेत फुयालको आग्रह छ ।
वनले साधारणसभाको अवसरमा जेष्ट नागरिकलाई सम्मान गर्नुका साथै विद्यार्थीहरुलाई छात्रवृति समेत वितरण गरेको छ ।