कृषि विकास बैंक लहान शाखाका सबै कर्मचारी निलम्बन

कृषि विकास बैंक लहान शाखाका सबै कर्मचारी निलम्बन

राजेन्द्र महतो, लहान
ह्याकरसँग मिलेर रकम चोरीमा संलग्नता देखिएपछि कृषि विकास बैंक लहान शाखाका सबै कर्मचारीलाई निलम्बन गरिएको छ ।

अनुसन्धान गर्न कृषि विकास बैँकले लहान शाखाका सबै कर्मचारीहरुलाई निलम्बन गरी छानबिन प्रक्रिया अघि बढाएको उपप्रबन्धक दिर्घ अर्यालले बताएका छन् । बैंकका उपप्रबन्धक अर्यालले बैंकको लहान शाखाबाट ४ करोड ७३ लाख रुपैयाँ चोरी भएको जानकारी गराउदै चोरिएको सवै रकम शाखाको ब्याज आम्दानी भएको बताएका छन्।

बैंकका कर्मचारीसँग मिलेर रुपैया चोरी गरेको आरोपमा अहिले १६ जनालाई प्रहरीले पक्राउ गरी आबश्यक कारबाही तथा अनुसन्धानको प्रक्रिया अगाडी बढाएको छ ।


सम्बन्धित खवर