रेडियो नेपालमा ‘प्रेमगीत ३’ को शीर्ष गीत रेकर्ड

रेडियो नेपालमा ‘प्रेमगीत ३’ को शीर्ष गीत रेकर्ड

भदौ ९, २०७६
‘प्रेमगीत ३’ को शीर्ष गीतको रेकर्डिङ रेडियो नेपालमा गरिएको छ। चलचित्रको उक्त गीतलाई रेडियो नेपालको सवैभ्न्दा ठूलो रेकर्डिङ स्टुडियोमा लगभग ८० जना वाद्यवाधक, कलाकारको सहभागितामा रेकर्ड गरिएको हो।
चलचित्रका निर्माता सन्तोष सेनका अनुसार रेकर्डिङको सामूहिक आवाजका लागि कलाकारहरू शिव श्रेष्ठ, प्रदीप खड्का, क्रिस्टिना गुरुङ, निर्देशक छेतेन गुरुङ र सन्तोष सेन लगायतका कलाकारहरू रेडियो नेपाल पुगेका थिए।
आकेष्ट्रा सहितको वाद्यवाधकको संलग्नतामा रेकर्डिङ गरिएको गीतलाई प्रताप दास र प्रविशा अधिकारीले आवाज दिएका छन्। राजेश कुमारको शब्दमा गीतलाई एलिश कार्कीले संगीत संयोजन गरेका हुन्।
असोजमा छायांकनमा जाने ‘प्रेमगीत ३’ मा शिव श्रेष्ठ, सुनिल थापा, प्रदीप खडका, कृष्टिना गुरुङ, सन्तोष सेन, पुष्कर कार्की, प्रेम पुरी, क्रिजन गौतम, अनुभव रेग्मी, समृद्धि शाही ठकुरी, माओत्से गुरु, लक्ष्मी बर्देवा लगायतका कलाकारको अभिनय रहनेछ।
चलचित्रलाई सन्तोष सेन र छेतेन गुरुङले संयुक्त रुपमा निर्देशन गर्नेछन्। ‘प्रेमगीत ३’ नयाँ वर्षको छेको पारेर चैत २८ गते प्रदर्शनमा गरिने जनााइएको छ।

सम्बन्धित खवर