नेकपा सचिवालय बैठक र्सयो, ११ बजे धुम्बाराहीमा बस्ने

नेकपा सचिवालय बैठक र्सयो, ११ बजे धुम्बाराहीमा बस्ने

भदौ ९, २०७६
सत्तारुढ दल नेकपा एकताको १५ महिनापछि पहिलो पटक नेकपाका अध्यक्ष प्रचण्ड एक्लैले सचिवालय बैठकको अध्यक्षता गर्दैछन् । अध्यक्ष प्रचण्डले यसअघि पार्टी सचिवालय बैठकको नेतृत्व गरेका छैनन्। पार्टीअध्यक्षमा ओली र प्रचण्ड छन्। बैठकको नेतृत्व भने ओलीले गर्दै आएका थिए ।
आज विहान ११ बजे पार्टी कार्यालय धुम्बाराहीमा बस्ने बैठकमा सांगठनिक एकता र अन्य निर्णयहरू गरिने बताइएको छ । पार्टीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षणका लागि गत बिहीबार सिंगापुर गएपछि अध्यक्ष प्रचण्डले बैठक बोलाएका हुन्।
यसअघि बैठक दिउँसो १ बजे बस्ने भनिएकोमा बैठक ११ बजेका लागि सारिएको नेकपाले जनाएको छ। पार्टी एकताका बाँकी काम टुंगो लगाउन प्रचण्डले बैठक बोलाएर निर्णय गर्ने निर्णय यसअघिको सचिवालय बैठकले गरेको थियो।
नेकपामा प्रवास कमिटी, महानगरहरूको नेतृत्व, पोलिटब्युरो गठन, अन्य केन्द्रीय सदस्यहरूको कार्य्विभाजनलगायतका एकताका काम हुन बाँकी छ । आजको बैठकबाट पार्टी एकताका बाँकी कामको टुंगो लाग्ने सम्भावना रहेको अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिएका छन् ।
नेकपाका यसअघिका सचिवालय बैठकहरू प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा हुँदै आएका थिए ।

सम्बन्धित खवर