प्रदेश नम्बर ३ झण्डै दुई महिनापछि प्रदेशसभा बैठक बस्दै

प्रदेश नम्बर ३ झण्डै दुई महिनापछि प्रदेशसभा बैठक बस्दै


भाद्र ८, २०७६
प्रदेश ३ को प्रदेशसभा बैठक झण्डै दुई महिनापछि आज बस्दैछ । चालू आर्थिक वर्षको बजेट पारित गरेपछि गत असार १२ गते बाट स्थगित बैठक आज बस्न लागेको हो ।
अपरान्ह २ बजे बस्ने बैठकमा साझा अधिकार सूची अन्तर्गतका कानुन निर्माणको एजेण्डामाथि छलफल हुने सांसद रत्न ढकालले जानकारी दिनुभयो । अधिकार बाँफाँडको विषयलाई लिएर संघीय सरकारसँगको लामो रस्साकस्सीपछि प्रदेशले साझा अधिकारका सूचीमा रहेको कानुन निर्माण सुरु गर्न लागेको हो ।
यद्यपी हालसम्मको मुख्य एजेण्डा मानिएको प्रदेशको स्थायी राजधानी र नामाकरणको विषय भने आजको एजेण्डामै परेको छैन । राजधानी हेटौंडामै राख्ने वा अन्यत्र सार्ने भन्ने विषयमा मत बाँझिएपनि लामो समयदेखि नै सो एजेण्डा प्राथमिकतामा पर्न सकेको छैन ।

सम्बन्धित खवर