मोरङ र सुनसरी दुर्घटनामा ३ जनाको मृत्यु, ७ जना घाइते

मोरङ र सुनसरी दुर्घटनामा ३ जनाको मृत्यु, ७ जना घाइते


२०७६ भदौ ६ गते
मोरङ र सुनसरीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा ७ जना घाइते भएका छन् ।
मोरङको विराटनगर महानगरपालिका(२ बरगाछीस्थित कोसी राजमार्गमा नम्बर नखुलेको ट्याक्टरले स. ८ प. ४३५१ नम्बरको मोटरसाइकललाई शुक्रबार बिहान ठक्कर दिँदा मोटरसाइकलमा सवार महुलीका १८ वर्षीय सुनिल चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
ट्याक्टरको ठक्करबाट गम्भीर घाइते भएका चौधरीको बिराट नर्सिंङ होम विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । घाइते मोटरसाइकल चालक सप्तरी शम्भुनाथका २० वर्षीय त्रिभुवन चौधरीको भने सोही अस्पतालमा उपचार भइरहेको छ ।
यस्तै मोरङको सुन्दरहरैंचा नगरपालिका(७ स्थित पूर्वपश्चिम राजमार्गमा मे.१च. २००३ नम्बरको एम्बुलेन्स र ना.५ख. १९२५ नम्बरको ट्रक शुक्रबार बिहान एक आपसमा ठक्कर खाँदा एम्वुलेन्स चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ईलामको ईलाम नगरपालिका(२ का २१ वर्षीय रमेश निरौला रहेको छन् । दुर्घटनामा घाइते भएका एम्बुलेन्समा सवार ६ जनालाई उपचारको लागि घोपा अस्पताल धरान लगिएको छ । फरार ट्रक चालकको प्रहरीले खोजी गरिरहेको छ ।
यस्तै सुनसरीको धरान उपमहानगरपालिका(१५ स्थित धरान(पानबारीस्थित सडकखण्डमा को.३०प. ६७७४ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा गम्भीर घाइते भएका ३० वर्षीय गोपाल लिम्बुको बिराट नर्सिङहोम बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खवर