सप्तरी जीप दुर्घटनामा रेडियो नेपालका पत्रकार डायलसन अधिकारीको मृत्यु

सप्तरी जीप दुर्घटनामा रेडियो नेपालका पत्रकार डायलसन अधिकारीको मृत्यु

मोरङ, सप्तरीको कञ्चनरुप गाउँपालिकामा जीप दुर्घटना हुँदा रेडियो नेपालमा कार्यरत पत्रकार डायलसन अधिकारीको मृत्यु भएको छ । दुर्घटनामा चार जना घाइते भएका छन् ।

बा १६ च २२३५ नम्बरको जीप शनिबार बिहान पूर्वपश्चिम राजमार्गअन्तर्गत कञ्चनरुप नगरपालिका ११ मा बक्साहामा दुर्घटना भएको हो ।

३५ वर्षीय अधिकारी रुपन्देहीको तिलोत्तमा नगरपालिका ३ का हुन् । घाइतेमध्ये चालक अशोक भण्डारीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइतेहरुलाई उपचारका लागि विराटनगर ल्याइएको छ ।

पत्रकार अधिकारीसहितको टोली तिलोत्तमा नगरपालिकाले आयोजना गर्न लागेको लगानी सम्मेलनका लागि आउँदै गरको जनाइएको छ ।

सम्बन्धित खवर