बालबालिकालाई व्यक्तित्व विकास र उद्घोषण तालिम

बालबालिकालाई व्यक्तित्व विकास र उद्घोषण तालिम

तिलक नेपाली, उर्लाबारी

बालबालिकाहरुको क्षमता बिकास गर्ने उदेश्यले मोरङको उर्लाबारीमा तीन दिने ब्यक्तिगत बिकास तथा उद्घोषण तालिम सुरु भएको छ ।

वडास्तरीय बाल क्लब सञ्जाल उर्लाबारी ६ को आयोजनामा बुधबार देखि सो तालिम सुरु भएको हो । सो तालिमको उद्घाटन गर्दै प्रमुख अतिथि उर्लाबारी नगरपालिका प्रमुख खड्ग फागोले यो कार्यक्रमले बालबालिकालाई मार्ग दर्शन गर्ने र सामाजिक रुपमा समाजका हितका लागि केही कुरा बोल्न सहयोग पुग्ने बताएका छन् । आफ्नो कुरा स्पष्ट र निडर राख्न सक्नु नै तालिमको मुख्य उदेश्य भएकाले बालबालिका जेहेन्दार असल र इमान्दार भएर अघि बढ्न नगरप्रमुख फागोले अनुरोध समेत गरेका छन् । बिद्यार्थी नै देशको कर्णदार र मेरुदण्ड हो भन्दै उनले प्रतिष्पर्धाको जमाना छ सोही अनुसार आफूलाई क्षमता अभिवृद्धि गराई अघि बढ्न आग्रह गरेका छन् ।

अहिले प्रत्येक वडामा बालबालिका लागि बजेट छुट्याइएको जानकारी गराउँदै उनले बजेटलाई बालबालिकाको प्रतिभा क्षमतालाई पहिचान गरी सोही उदेश्य अनुसार उत्पादन मुखी, परिणम मुखी योजना निर्माण गरेर सवैसँग समन्वय गरी योजना सञ्चालन गर्न उनले अनुरोध गरेका छन् ।

राधिका माविको सभाहलमा भएको सो तालिमको उद्घाटन सत्रमा राधिका माविका ब्यवस्थापन समितिका अध्यक्ष चन्द्रबहादुर राई, शिक्षक ऋषिकेश खनाल लगायतले तालिमको सफलताको शुभकामना दिएका थिए ।

कार्यक्रमको औचित्य प्रष्ट पार्दै राधिका माविका बाल क्लबका संरक्षक शिक्षक भोला पोखरेलले यो तीन दिने व्यक्तित्व बिकास तथा उद्घोषण तालिमले बिद्यार्थीहरुलाई उद्घोषण सम्बन्धी ज्ञान हासिल गरी अझ उद्घोषण कलामा सिपालु बन्न सकरात्मक साथै उत्साहित हुने बताएका छन् । उर्लाबारी नगरपालिका, वडा नं. ६ र वडा नं. ६ कै पाँच वटा निजी तथा सामुदायिक बिद्यालयहरुको संयुक्त सहयोगमा भएको कार्यक्रममा बिद्यालयका बिद्यार्थी र वडा बाल सञ्जालका प्रतिनिधि सहित ५० जनाको सहभागिता रहेको छ । उक्त तालिमको प्रशिक्षण तृष्णा रेग्मीले गर्ने वडा सञ्जालका सचिव सफल राईले बताइन् ।कार्यक्रम वडा बाल सञ्जालका अध्यक्ष कृतिका कार्कीको सभाध्यक्षमा भएको हो।


सम्बन्धित खवर