जाँतेमा अबरुद्ध भएकाे खानेपानी अांशिक रुपमा सुचारू

जाँतेमा अबरुद्ध भएकाे खानेपानी अांशिक रुपमा सुचारू

मोरङ्गको लेटाङ्ग ८ र ९ स्थित जाँतेमा अवरुद्ध खानेपानी आशिंकरुपमा सुचारु भएको छ । हप्ता दिन अघि स्थानिय तेली खोला र नजिकैको पहाडवाट खसेको पहिरोले पाइप वगाएपछि अवरुद्ध वनेको खानेपानीलाई आशिंक सुरु गरिएको हो ।

जाँते खानेपानी आयोजनाका व्यावस्थापक प्रेम राईका अनुसार पहिरोले पुरेको र खोलाले वगाएको पाईप मध्ये दुई वटा नयाँ पाइप ल्याएर जडान गरेपछि सोमवार साँझवाट आशिंक खानेपानी आपुर्ती गर्न थालिएको हो । ‘११० एम एमका २ वटा पाइप वाट पानी आपुर्ती गर्न थालिएको छ । दिनमा साँझ र बिहान गरेर २ घण्टा पानी वितरण गर्दै आएका छौ ’राईले भने ‘अझै १० प्रतिशत उपभोक्ताले पानी पाउन सकेका छैनन्’। जाँते क्षेत्रका बासिन्दालाइ अझ एक हप्ता पछि मात्र नियमित पानी आपुर्ती गर्न सकिने राईले जानकारी दिए । हाल ४ लाख लिटर पानी मात्र आपुर्ती गर्दै आएको छ । दैनिक जनशक्ती भिडाएर पहिरो पन्छाउने काम हुदै आएको छ । भौगोलिक विकटताका कारण स्काभेटर र जेसिवी सो स्थानमा लान सकिएको छैन् । जाँते बाट करिव ३ किलोमिटर उत्तरको पहाडी क्षेत्रवाट तेली खोलाको किनारै किनारसो खानेपानी ल्याइएको छ ।

अविरल वर्षा संगै पहाडी क्षेत्रमा आएको पहिरो र तेली खोलामा आएको बाढीले खानेपानीको पाइप बगाएको थियो । १५९५ घर धुरीमा यो आयोजनावाट पानी आपुर्ती भइरहेको छ । स्थानीय तेली खोला नजिकै मुहानमा ट्याङ्की वनाएर पानी लगिएको छ । साउन ६ गते रातिको पहिरोले पाइप पुरेको थियो भने सोहि दिनको बाढीले पाइप सुरक्षाका लागी लगाइएका पिल्लर समेत बगाएको थियो । पाइप पुरिँदा २१ लाख भन्दा बढीको क्षति भएको आयोजनाले जनाएको छ । । अस्थाइ रुपमा अहिले २ वटा मात्र पाइपको मर्मत गरिएको छ । अन्य पाइप मर्मत गरेर पानी नियमीत गर्न अझै १ हप्ता लाग्ने खानेपानी समितीका अध्यक्ष डिल्ली विकले जानकारी दिए । अझै पनि पानी पिउनका लागी मात्र धाराको पानी प्रयोग गर्दै आएका त्यहाका स्थानियवासीले अन्य कामका लागी खोेलाको पानी प्रयोग गर्न वाध्य रहेका छन् । खोलाको पानी प्रयोगले रोग उत्पन्न हुन सक्ने स्थानिय स्वास्थ्यकर्मीले वताएका छन् ।

मोरङ्गको उत्तरी क्षेत्रको पुरानो खानेपानी आयोजना पटक पटक तेली खोलाको बाढीले क्षति पर्याउदै आएको छ । २०३९ सालमा युनिसेफको सहयोगमा सुरु गरिएको यो खानेपानीलाई २०५२ सालमा एसियाली विकास बैंकले सहयोग गरेको थियो । हाल नेपाल सरकारले लगानी गरेपछि क्रमिक रुपमा रिर्जभ ट्याङ्की बनाएर स्थानीयवासीमा खानेपानी वितरण गरिँदै आएको छ ।

सम्बन्धित खवर