मिडिया काउन्सिल विधेयक सर्वसम्मतिले स्वीकृत

मिडिया काउन्सिल विधेयक सर्वसम्मतिले स्वीकृत

भाद्र १४, २०७६
सञ्चार सूचना तथा प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाले स्वार्थ प्रेरित भई पत्रकारिता गर्न नहुने बताउनु भएको छ । राष्ट्रियसभामा मिडिया काउन्सिल विधयेक माथिको सैद्धान्तिक छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री गोकुल प्रसाद बाँस्कोटाले मिडियाको दुरुपयोग बढेको भन्दै मर्या्दित हुनुपर्ने बताउनुभयो ।
आम सञ्चार माध्यमलाई सुरक्षित, मर्या्दित र जिम्मेवार बनाउने उद्देश्यले सरकारले विधेयक ल्याइएको भन्दै उहाँले पत्रकारितालाई नियन्त्रण गर्ने उद्देश्य सरकारको नभएको बताउनुभयो ।
जथाभावी रुपमा सञ्चालित युट्युब च्यानल जवाफदेही र उत्तरदायी नभएको भन्दै मन्त्री बास्कोटाले सर्वसाधारणमा भ्रम फैलाउने काम गरेको उल्लेख गर्नुभयो ।
यसअघि मन्त्री बाँस्कोटाले राष्ट्रिय सभामा पेश गर्नु भएको ’नेपाल मिडिया काउन्सिल विधेयक, २०७५ माथि विचार गरियोस भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । राष्ट्रिय सभाको अर्को बैठक भदौ २५ गते बुधबार दिउँसो १ बजे बस्नेछ ।

सम्बन्धित खवर