योगेश भट्टराईले लिए पर्यटनमन्त्रीको शपथ

योगेश भट्टराईले लिए पर्यटनमन्त्रीको शपथ

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद योगेश भट्टराई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री नियुक्त हुनु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भट्टराईलाई आज मन्त्री नियुक्त गर्नु भएको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्री भट्टराईलाई आजैै राष्ट्रपति भवन शीतल निवासमा पद तथा गोपनीयताको शपथसमेत गराउनु भएको छ । गएको फागनु १५ गते तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा निधन भएपछि सो मन्त्रालय मन्त्रीविहीन अवस्थामा थियो । वि.सं. २०२३ साल भदौ २१ गते ताप्लेजुङमा जन्मिनु भएका भट्टराई २०७४ सालको निर्वाचनमा त्यहीँबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनु भएको थियो ।

सम्बन्धित खवर