जनता दलका जिल्ला अध्यक्षलाई नै अज्ञात समुहले ग¥यो छुरा प्रहार

जनता दलका जिल्ला अध्यक्षलाई नै अज्ञात समुहले ग¥यो छुरा प्रहार

मोरङ, नेपाल जनता दलका धनुषा जिल्लला अध्यक्ष तथा युवा नेता मन्जय राउतमाथि अज्ञात समुहले छुरा प्रहार गरेको छ । मंगलबारी राति ८ बजेतिर आएको एक अज्ञात समूहले राउतलाई छुरा प्रहार गरेको हो । राउतलाई जनकपुरधाम उपमहानगरपालिका १ वकिल टोलमा छुरा प्रहार भएको थियो ।

मोटरसाईकलमा आएका दुईजनाको समुहले राउतमाथि छुरा प्रहार गरेर भागेको धनुषाका प्रहरी नायव उपरीषक रामेश्वर कार्कीले जानकारी दिएका छन् ।

नेता राउतको कोखामा छुरा लागेको छ । आफ्नो कोठातिर पैदल जाँदै गरेका राउतमाथि मोटरसाईकलमा आएका अज्ञात व्यक्तिले छुरा प्रहार गरेर फरार भएका हुन् । राउतको उपचार जनकपुर अञ्चल अस्पतालमा भइरहेको छ । उनको अवस्था समान्य रहेको र घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर