राज्यमन्त्री सुरेश मण्डल द्वारा बाढी पीडितलाई राहत वितरण

राज्यमन्त्री सुरेश मण्डल द्वारा बाढी पीडितलाई राहत वितरण

राजेन्द्र महतो, लहान

प्रदेश नं. २ का उधोग, पर्यटन वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डलले सिरहाको कल्याणपुर नगरपालिका ३ इटारी प्रसाहीका बाढी पीडितलाई राहत वितरण गरेका छन् ।

प्रदेश सरकारको राहत राज्यमन्त्री मण्डलले इटारी प्रसाहीका ६ सय बाढी पीडितलाई प्रति पीडि परिवारलाई २५ किलो चामल, २ किलो चना, १ लिटर तेल, ४ किलो दाल, चटाइ, झुल र लुगा धुने तथा नुहाउने सावुन १र१ थान सहितका राहत सामग्री वितरण गरेका हुन्।

असारको अन्तिम साता कमला नदीमा आएको भिषण बाढी गाउँ पसेपछि यस क्षेत्रमा ठूलो धनजनको क्षति भएको थियो । तर हालसम्म संघीय सरकारले राहत बाँडेका छैन । राज्यमन्त्री मण्डलले आफ्नो प्रयासमा प्रदेश सरकारको राहत वितरण गरेका छन् ।

अहिले पनि कैयौं बाढी पीडितहरु विद्यालयमा बसिरहेका छन् । घर नै भत्केपछि उनीहरु विद्यालयमा बस्न बाध्य भएका हुन् । पीडितहरुले घर बनाइदिन संघीय सरकारसँग माग गरेका छन् । राज्यमन्त्री मण्डलले घर निर्माणका लागि पहल जारी राखेको बताएका छन्।

सम्बन्धित खवर