स्थानिय माछा संकटमा, वचाउन केज प्रणली उपयुक्त

स्थानिय माछा संकटमा, वचाउन केज प्रणली उपयुक्त

पथरी
पुर्वी मोरङ्गको खोलाहरुमा केज प्रविधीवाट माछा पालन गरे मनग्गे आम्दानी हुने एक अध्यायनले देखाएको छ । पुर्वी मोरङ्गका वक्राहा,सुन्झोडा,मोरङ्गी र डाँस खोलामा केज प्रविधी वाट माछा पालन गरे स्थानिय माछाको संरक्षण पनि हुने र माछा उत्पादन पनि वडने अनुसन्धानकर्ताले वताएका हुन् ।


पथरीशनिश्चरेको जैविक विविधता अध्यायन गरेका शैलुङ्ग ग्रिन सोसाइटीले माछा पालन गर्दा खोलामै जाल लगाएर माछा पालन गर्दा उत्पादन राम्रो हुने वताएको हो । अनुसन्धान कर्ता मध्येका विवेक गौतमका अनुसार पथरीशनिश्चरे क्षेत्रमा उन्नत जातका माछा मात्रै पालन भइरहेकाले स्थानिय जातका माछा संरक्षण गर्न पनि यो पद्धतीको प्रयोग आवश्यक छ । पथरीशनिश्चरे र आसपासका क्षेत्रमा पङ्गास,ग्रासकर्प,कमनकर्प जातका माछा व्यावसायीक रुपमा उत्पादन भइरहेका छ । माछाको वजार राम्रो रहेकाले पनि माछा पालन गर्ने किसानको संख्या वडिरहेको छ । पथरीशनिश्चरे क्षेत्रमा मात्रै दैनिक २० केजी माथीको माछाको माग रहेको छ ।
उनले भने ‘उत्पादन कम हुने सोच यहाका स्थानियवासीमा भएकाले खोलामा जाल लगाएर माछा पालन गर्ने कार्य नै भएका छैनन् तर यो कार्य गरे माछाको उत्पादन पनि वडछ स्थानिय माछाको संरक्षण पनि हुन्छ’। खोला क्षेत्रमै भएका लेउ झ्याउ खाएर पनि माछा हुर्किन सक्ने उनीहरुको भनाइ छ ।


खोला तथा तालमा वाउड्री लगाएर माछा पालन गर्ने पद्धती कास्कीमा भए पनि मोरङ्गमा यस सम्वन्धी अवधारणा नै वडेको छैन् । मोरङ्गका ठुला खोला भनिएका वक्राहा,लोन्द्राहा,वुढी सुन्झोडा मा यो पद्धती अपनाउन सकिने अनुसन्धानकर्ताको भनाइ छ ।
पछिल्लो समय विष लगाएर र करेन्ट लागाएर खोला क्षेत्रमा माछा मार्न थालिएपछि स्थानियजातका माछा संकटमा पर्दै आएका छन् । पथरीशनिश्चरे नगरक्षेत्रमा रहेका खोलावाट विषादी लगाएर र करेन्ट लगाएर माछा मार्दा साना तथा भुरा माछा पनि नष्ट भइरहेको उनीहरुको भनाइ छ ।
पुर्वी मोरङ्गका खोलाहरुमा यस किसीमको प्रविधीवाट माछा पालन गर्न सकियो भने माछाको अनियन्त्रीत नष्ट कम हुन जाने मात्रै होइन स्थानियवासीको आयआर्जन र रोजगारीमा पनि वृद्धि हुने उनीहरुको ठहर छ ।
स्थानियसरकारले पनि खोलामा केज प्रविधी मार्फत माछा पालनका लागी पहल थाल्नेकि ?
तस्विर सौजन्य विवेक गौतम

सम्बन्धित खवर

%d bloggers like this:
%d bloggers like this: