लागुऔषधसहित तीन युवा पक्राउ

लागुऔषधसहित तीन युवा पक्राउ

राजेन्द्र महतो, लहान

सिरहा नगरपालिका १७ माडरबाट सशस्त्र प्रहरीले लागुऔषधसहित तीनजना युवालाई पक्राउ गरेको छ ।
सशस्त्र प्रहरी बल बोर्डर आउटपोष्ट माडरका प्रमुख सशस्त्र प्रहरी निरीक्षक सुरेन्द्रबहादुर शाहीको कमान्डमा खटिएको प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा भारतबाट पैदल आउँदै गरेका तीन जनालाई चेकजाँच गर्ने क्रममा १०० निट्राजिपाम ट्याब्लेट लागुऔषध सहित पक्राउ गरेको हो। पक्राउ पर्नेमा उदयपुरको कटारी नगरपालिका १ का १७ वर्षीय राहुल घले मगर, २ का २० वर्षीय दिबहादुर खत्री र २० वर्षीय मिलन माझी रहेका छन् ।

पक्राउ परेका तीनजनालाई आबशयक कार्बाहीको लागि जिल्ला प्रहरी कार्यालय सिरहा पठाएको सशस्त्र प्रहरी बल बोर्डर आउटपोष्ट माडरका प्रमुख शाहीले बताएका छन।

सम्बन्धित खवर