तिलक नेपाली, उर्लाबारी
उर्लाबारी नगरपालिका वडा नं. ५ मा मंगलबार स्थानीय बाल मैत्री शासन सम्बन्धी सरोकारवालासंग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
युवा जागरण नेपालको आयोजना तथा उर्लाबारी नगरपालिकाको सहयोगमा वडा नं ५ को सुनगाभा बोर्डिंगको सभाहलमा भएको कार्यक्रमको समापन सत्रमा बोल्दै प्रमुख अतिथी उर्लाबारी नगरपालिका प्रमुख खड्ग फागो लेआगामी दिनहरुमा पनि बालबालिकाको क्षेत्रमा नगरले विभिन्न योजना तथा कार्यक्रम ल्याउने बताउनुभयो । नगरले उर्लाबारीलाई बालमैत्री नगर घोषणा गर्नका लागि पनि विभिन्न चरण कार्यक्रम गर्ने तयारी गरिरहेको जनाइएको छ ।
सो कार्यक्रम वडा नं.५ वडा अध्यक्ष भानुभक्त शर्माले वडा नं ५ लाई बालमैत्री वडा घोषणाको तयारी लागि आवश्यक नीति नियम, बनाएर अघि बढ़ने प्रतिबद्दता व्यक्त गर्नुभयो । रोकारवालाहरुलाई वडाले बालअधिकारका बिषयमा आगामी बर्षको बजेटमा समेत प्राथमिकता दिएको हर्माले बताउनुभयो ।
चालु आ. ब. मा बालबालिका लक्षित कार्यक्रम गर्न वडाबाट रु ४० हजार बिनीयोजन भई यस बर्ष वडा बाल संजाल गठन, गोष्ठीका लागि युवा जागरण नेपालसंग सम्झौता गरि कार्यक्रम समपन्न हुने क्रममा रहेको जानकारी गर्नु भयो ।
सोही कार्यक्रममा युवा जागरण नेपालका सल्लाहाकार रुद्र बहादुर तामागङ,सामाजसेवीहरु मान बहादुर फागो, छयानाथ ढुगाना, हंस फागो लगायत व्यक्तिहरुले तालिमको बिषयमा
आफ्नो भनाई राखेका थिए ।
वडाका जनप्रतिनिधी, राजनैतिक दल, बाल क्लब संजाल, बिधालय, स्वास्थ्य स्वयम् सेविका , सामाजिक संघ संस्थाका प्रतिनिधीहरु लगायत ३० जना सरोकारवालाहरुको उपस्थितीमा भएको कार्यक्रममा युवा जागरण नेपालका अध्यक्ष अर्जुन बास्तोलाले सहजीकरण गर्नुभएको थियो ।