केराबारीमा विद्युतीय पुस्तकालय (ई–लाइब्रेरी ) सञ्चालन

केराबारीमा विद्युतीय पुस्तकालय (ई–लाइब्रेरी ) सञ्चालन

मोरङ–मोरङको केराबारी गाउँपालिका–१० स्थित राष्ट्रिय पुस्तकालयले जिल्लामै पहिलो पटक सामुदायिक विद्युतिय पुस्तकालय (ई–लाइब्रेरी) सञ्चालनमा ल्याएको छ । बढ्दो प्रविधि, सूचना र सञ्चारको विकाससँगै विभिन्न नकारात्मक गतिविधीलाई रोक्न विद्युतिय पुस्तकालय सञ्चालनमा ल्याइएको हो ।

विद्युतिय पुस्तकालयको उद्घाटन केराबारी गाउँपालिकाका प्रमुख रोहितबहादुर कार्की र उप–प्रमुख शान्तिकुमारी लिम्बू भुजेलले संयुतm रुपमा गरे । प्रदेश १ को सामाजिक विकास मन्त्रालयको ३ लाख रुपैयाँ आर्थिक सहयोग तथा नेपाल लाइब्रेरी फाउण्डेशन काठमाडांैको प्राविधिक सहयोगमा ई–लाइब्रेरी सञ्चालनमा ल्याइएको हो ।

प्रविधिको बढ्दो विकाससँगै पुस्तकालयलाई प्रविधिमैत्री बनाउन विद्युतिय सामुदायिक पुस्तकालय सञ्चालनमा ल्याइएको राष्ट्रिय पुस्तकालयका उपाध्यक्ष किशन शाहीले बताए । उनका अनुसार कम्प्युटर र मोवाइल चलाउन सक्नेहरुकाहरुका लागि यो प्रविधि अत्यन्तै सहज र सरल हुने छ । सामुदायिक रुपमा जो कोहीले पाठ्य पुस्तक र विभिन्न लेखकका कितावहरु सहज रुपमा पढ्न सकुन भन्नका लागि हाल ८ हजार पुस्तकहरु समावेश गरिएको र समयानुसार विस्तारै आवश्यक पुस्तकहरु अपडेट गरिँदै जाने योजना रहेको पुस्तकालयका सल्लाहकार गोकुल थापाले बताए ।

२०२४ सालमा स्थापना भएको राष्ट्रिय पुस्ताकालयमा आएर किताव पढ्ने संस्कृति घट्दै गएपछि पाठकको रुची चाहना र समयको माग बमोजिम ई–लाईब्रेरी सञ्चालनमा ल्याउनु परेको सचिव नवीन थापा क्षेत्रीले बताए ।

सम्बन्धित खवर