पेस्तोल सहित २ जना पक्राउ

पेस्तोल सहित २ जना पक्राउ

मोरङ–प्रहरीले आइतवार साँझ २ थान पेस्तोल सहित २ जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलवारी मोरङबाट खटिएको प्रहरी टोलीले बेलवारी नगरपालिका ४ स्कुल डाँडाबाट पेस्तोल सहित सुन्दरहरैँचा नगरपालिका १२ वस्ने वर्ष ४३ को अशोक राई र कानेपोखरी गाउँपालिका ६ बस्ने बर्ष ३४ को कन्सा माझीलाई पक्राउ गरेको हो । साँझ ६ बजे को १७ प ४५८६ नम्बरको मोटरसाईकलमा सवार उनीहरुलाई शंका लागि खानतलासी लिने क्रममा पेस्तोल २ थान,सोही पेस्तोलको म्याग्जिन ४ थान र गोली १४ राउण्ड फेला परेको थियो । हतियार सहित पक्राउ परेका दुवैजनालाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

सम्बन्धित खवर