पाँचथरमा युवतीको घाँटी रेटि हत्या गरी लुटपाट गर्ने १ पक्राउ

पाँचथरमा युवतीको घाँटी रेटि हत्या गरी लुटपाट गर्ने १ पक्राउ

पाँचथर–पाँचथरको हिलिहाँङ गाउँपालिका ६ सिटेमा मृत अवस्थामा फेला परेकी एन.एम.बि. माईक्रो फाईनान्स बित्तिय संस्थामा कार्यरत कर्मचारीको हत्या गरी लुटपाट गर्ने १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

असार ३ गते ईलामको माई जोगमाई ५ घर भई उक्त फाईनान्समा कार्यरत २१ बर्षीया सुजाता तामाङ धारिलो हतियार प्रयोग गरी हत्या गरेर फालेको अवस्थामा फेला परेकी थिईन । मृत अवस्थामा युवतीको शव फेला परेसँगै अभियुक्तको खोजतलासमा खटिएको प्रदेश प्रहरी कार्यालय बिराटनगर र जिल्ला प्रहरी कार्यालय पाँचथरको अनुसन्धान टोलीले घटनामा संग्लग्न रहेका स्थानीय १९ बर्षीय अस्मिन भनिने घनेन्द्र लावतीलाई बिहिवार गाउँघरमै लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरेको हो ।

पक्राउ परेका लावतीको साथबाट प्रहरीले, लुटिएको नगद र घटनामा प्रयोग गरेको खुकुरी समेत बरामद गरेको छ भने घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

सम्बन्धित खवर