युवा सृजनशील तालिम सम्पन्न

युवा सृजनशील तालिम सम्पन्न

पथरी, विभिन्न सामाजिक गतिविधिमा सक्रिय मोरङको पथरी शनिश्चरे ८ स्थित प्रभात सामुदायिक युवा क्लबको आयोजनामा नगरका युवाहरुका लागि सञ्चालित ३ दिने सृजनशील तालिम सम्पन्न गरेको छ ।

तालिम समापनका अवसरमा बोल्दै तालिम सहजकर्ता पथरी शनिश्चरे नगरपालिकाका सूचना संयोजक भूपेन्द्र तिम्सिनाले हरेक मानिस सृजनशील भएर रचनात्मक जीवन जिउन आवश्यक रहेकोमा जोड दिनुभयो ।

सो अवसरमा बोल्दै प्रभात सामुदायिक युवा क्लबका अध्यक्ष नविनजंग कार्कीले क्लबले सधैं युवाहरुको सृजनशीलता बढाउनेखाले कार्यक्रम अघि बढाउने बताउनु भयो । तालिममा सहभागितको तर्फबाट जानुका आचार्यले मन्तव्य व्यक्त गर्दै सृजनशील तालिमले आफुहरुलाई धेरै उत्प्रेरित गरेको जनाउनु भयो ।

युवाहरु कसरी सृजनशील वन्ने भन्ने विषयमा केन्द्रीत तालिममा सृजनशीलता, उद्घोषण, मन्तव्य, कार्यक्रम निर्माण, साहित्य सृजना, माइन्यूट लेखन, निवेदन लेखन सहितका जीवन उपयोगी जानकारीहरु प्रदान गरिएको थियो ।

पथरी शनिश्चरे नगरपालिकाको सहयोगमा बुद्ध मावि सोमवारेमा सञ्चालित तालिममा १० वटा वडाका ४० जनाको सहभागिता रहेको थियो ।

सम्बन्धित खवर