इटहरीका मेयरले जनताकै अगाडी यसरी बोले अपाच्य शब्द र..डी जिन्दावाद (भिडियो सहित)

इटहरीका मेयरले जनताकै अगाडी यसरी बोले अपाच्य शब्द र..डी जिन्दावाद (भिडियो सहित)

पथरी, पछिल्लो समय इटहरीका मेयर निकै चर्चामा छन् । मेयर द्वारिकलाल चौधरी कहिले मिडियामा दिएको अभिव्यक्ति त कहिले पत्रकारको नाकको डाँडीको मोलले चर्चामा रहेका छन् । चर्चा उनको कामको हुनुपर्ने थियो तर भइदियो उनको भाषाशैली र प्रस्तुतीकरणको, पछिल्लो समय सुनसरीको ईटहरीस्थित लविपुर क्षेत्रमा बढ्दो वेश्यावृत्ति रोक्न दबाब सिर्जना गर्ने उद्देश्यले आयोजित कार्यक्रममा पुगेका मेयर चौधरीले र..डी (अपाच्य शब्द) जिन्दाबाद भन्ने शब्दलाई बारम्बार दोहोर्याएपछि चोतर्फी उनको आलोचना भइरहेको छ ।

उनको यस्तो अपाच्य शब्दले कार्यक्रममा उपस्थितले समेत अप्ठयारो महशुस गरेका छन् । मेयरको घरमा बेश्यावृत्ती भनेर केही पत्रकारले दिएको अभिव्यक्तिको आलोचनाबाट भाषण सुरु गरेका उनले सो क्षेत्रमा वेश्यावृत्तीले नराम्रो प्रभाव पारेको बताए । होटलका लागि भाडामा दिएको आफ्नो घरमा होटल सञ्चालकले यौनजन्य गतिविधि गराएको थाहा पाएपछि आफूले होटलको बोर्ड नै फ्याँकिदिएको उनले बताएका छन् ।

सोही क्रममा उनले त्यहाँका होटलमा हुने यौन गतिविधिका कारण त्यहाँको व्यापार चल्ने गरेको बताए । यहाँ र…डी (अपाच्य शब्द)को कारण कस्मेटिक पसल चल्दोरैछ, घरभाडा पनि चल्दो रैछ, दबाई दोकान पनि चल्दो रैछ,’ उनले थपे, ‘मनोरन्जन गर्न र..डी (अपाच्य शब्द) चाइया छ । घरभाडा लगाउन र…डी (अपाच्य शब्द) चाइया छ । कण्डम बेच्न र..डी (अपाच्य शब्द) चाइया छ । पिल्स बेच्न र…डी (अपाच्य शब्द) चाइया छ । र..डी (अपाच्य शब्द) जिन्दावाद ।’ भन्दै उनले पटक पटक नारा लगाए, कार्यक्रम हतारिएर भाषण गरे निस्केका मेयर कार्यक्रम स्थलबाट बाहिरिँदा पनि सोही शब्द र…डी (अपाच्य) शब्द नै प्रयोग गर्दै निस्केको एक महिलाले बताइन् । उनले भनिन् ‘कानुन ठुलालाई लाग्दैन रहेछ । के सानालाई मात्रै लाग्ने हो ? कस्तो बोलेको बोल्न पनि लाज नभएको’

हेर्नुस मेयर चौधरीको भाषण (यो भिडियो पुर्वेली टिभीमा छ)

सम्बन्धित खवर