अत्याधिक गर्मीका कारण ७१ जनाको मृत्यु

अत्याधिक गर्मीका कारण ७१ जनाको मृत्यु

पछिल्लो समय गर्मी अत्याधिक मात्रामा बढेको छ । भारतको विहारमा अत्याधिक गर्मीका कारण ७१ जनाको ज्यान गएको जनाइएको छ । बिहारको औरंगाबाद जिल्लामा ३३, गयामा २५ र नवादामा १३ गरी ७१ जनाको ज्यान गएको जिल्ला अस्पताललाई उदृत् गर्दै बीबीसीले जनाएको छ ।

तर बिहार सरकारले भने यसको पुष्टि गर्न बाँकी रहेको समाचारमा उल्लेख गरिएको छ । राज्य सरकारका प्रधान सचिवले उनीहरुको ज्यान जानुको कारणबारे अध्ययन गरेपछि मात्र सार्वजनिक गरिने बताएका छन् ।

राज्य सरकारले ज्यान गुमाएकाका आफन्तलाई ४÷४ लाख रुपैयाँ अनुदान दिने घोषणा गरेको छ । विहारमा ज्वरोको कारण शनिबार मात्रै झण्डै २० जना बालिबालिकाको ज्यान गएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

सम्बन्धित खवर