पथरी, गरिवी निवारण तथा सहकारी मन्त्रालयले जारी गरेको कोपोमिस (एकिकृत सुचना प्रणाली) तालिम नेपालमै पहिलो पटक मोरङको पथरीशनिश्चरेमा सम्पन्न भएको छ । विभिन्न ठाउँमा कोपोमिसको तालिमहरु भइरहेको भएता पनि पालिका स्तरमा भने पथरीशनिश्चरेको पहिलो भएको दावी गरिएको छ ।
पथरीशनिश्चरे नगरपालिकाको सहयोगमा सहकारी कर्मचारी संगठन पथरी शनिश्चरे इलाका समितिको आयोजनामा भएको ३ दिने कोपोमिस तालिमको शनिवार समापन गरिएको छ । पथरीशनिश्चरेका ६८ वटा सहकारीहरु मध्ये ३४ वटा सहकारी संस्थाका प्रतिनिधिहरु तालिममा सहभागी भएका थिए । कार्यक्रममा नगर प्रमुख दिलिप कुमार राईले सहभागीहरुलाई पमाण–पत्र वितरण गरेर कार्यक्रमको समापन गरिएको हो ।
कार्यक्रममा बोल्दै नगरप्रमुख राईले सहकारीको समृद्धिका लागि कोपोमिस तालिम उपलब्धीमूलक भएको बताए । आगामी दिनहरुमा पनि सहकारीका लागि नगरले गर्ने सहयोगका लागि तयार रहेको पनि राईले बताए ।
सहकारी संस्थाको तथ्यांक तथा उसका गतिविधिलाई सहकारी विभागको वेभसाइटमा राख्ने कोपोमिस प्रणालीको प्रभावकारिताका बारेमा जिल्ला वचत तथा ऋण सहकारी संघका सचिव एकराज निरौलाले सहकारीहरु एकिकरण हुनुको विकल्प नरहेको जिकिर गरे । नगरमा रहेका ४१ वटा वचत तथा ऋण सहकारीहरुमा करिब १ अरब रकम कनिका छरेजस्तो भएको निरौलाको भनाइ थियो । त्यो सम्पूर्ण रकम एकै ठाउँबाट लागनी गर्न सके नगरको विकासका लागि सबैभन्दा वढि प्रभावकारी हुने पनि निरौलाले बताए । यस्तै जिल्ला सहकारी संघ सदस्य योगराज पौडेल प्रशिक्षार्थीहरु राजेन्द्र भट्टराई, शुष्मा मगर सहितले विचार आफ्ना विचार राखेका थिए ।
संगठनका सचिव कल्याण बजगाईंको सहजिकरण रहेको तालिममा संगठन अध्यक्ष गणेशकुमार राईले नगरका सहकारी संस्थाहरुलाई प्रणालीमा लाने तथा पारदर्शी हिसाव राख्ने सहित प्रगतिको बाटोमा लम्काउन संस्थाले यसखाले कार्यक्रमहरु सञ्चालन गरिरहने बताए । राईलले यो तालिम पालिकास्तरमा कर्मचारी संगठनले गरेको नेपालकै पहिलो भएको दावी समेत गरेका छन् । सरकारको नीति अनुसार आगामी २०७७ असोज मसान्त भित्रमा अनिवार्य कोपोमिसमा सहकारीहरु समावेस हुनपर्ने पनि राईले जानकारी दिएका छन् ।