दोस्रो अध्यक्ष कप क्रिकेटमा वडा नं. ३ र ६ फाइनलमा प्रवेश

दोस्रो अध्यक्ष कप क्रिकेटमा वडा नं. ३ र ६ फाइनलमा प्रवेश

पथरी, मोरङको कानेपोखरी गाउँपालिकामा जारी दोस्रो अध्यक्ष कप–२०७६ को शुक्रबार भएको क्रिकेटको सेमीफाइनल खेलमा वडा नं. ६ फाइनलमा प्रवेश गरेको छ ।

खेलकुद विकास समिति कानेपोखरीको आयोजनामा भएको खेलमा वडा नंं ६ ले टस जितेर फिल्डीङ रोजेको थियो । व्याटिङको जिम्मा पाएको वडा नं. २ ले १२ ओभरमा सबै विकेट गुमाएर ५८ रनको टारगेट दिएको थियो । जवाफी व्याटिङ गरेको वडा नं. ६ ले १५ ओभरमा ९ विकेटको क्षतीमा लक्ष्य प्राप्त गरेको थियो ।

खेलको म्यान अफ दि म्याच विजेता टिमका निश्चल ओझा भए । ओझाले ट्रफि र मेडल पाए । शनिबारको फाइनल खेल वडा नंं ३ र ६ विच विहान ८ बजे हुने खेल संयोजक रोषन तिम्सिनाले बताए ।

त्यसैगरी विहिबार भएको क्वाटर फाइनल खेलमा टस जितेर व्याटिङ रोजेको वडा नं. २ ले १४ ओभरमा सवै वीकेट गुमाएर ८० रनको टारगेट दिएको थियो । जवाफी वाटिङमा वडा नं. ७ ले १४ ओभरमा मात्र ५७ रन बनाएर अलआउट हुँदा २ नं. वडा २२ रनले विजेता बनेको थियो ।

खेलको विजेताले २५ हजार र उपविजेताले १५ हजार, ट्रफि, मेडल र प्रमाण पत्र पाउने खेलकुद विकास समितिका अध्यक्ष भूपाल श्रेष्ठले जानकारी दिएका छन् ।

सम्बन्धित खवर