फारवेष्ट पशुपतिक्लब लाई गोदावरी राजधानी कपको उपाधि

फारवेष्ट पशुपतिक्लब लाई गोदावरी राजधानी कपको उपाधि

धनगढी–फारवेष्ट पशुपति युवा क्लबले गोदावरी राजधानी कप खुल्ला फुटबल प्रतियोगिताको उपाधि जितेको छ । कैलालीको अत्तरीयामा भएको फाइनलमा नेपालगंज–११ लाई ३–१ गोल अन्तरले पराजित गर्दै फारवेष्ट पशुपतिले उपाधि जितेको हो ।

तेघरीस्थित वनदेवी युवा क्लबको मैदानमा फारवेष्ट पशुपतिलाई उपाधि दिलाउन विक्रम सिंहले दुई तथा कुबेर सिंहले एक गोल गरे । नेपालगंजका विनोद केसीले एक गोल फर्काए । उपाधिसंगै फारवेष्टले ४ लाख प्राप्त गरेको छ । उपविजेता नेपालगंज–११ ले २ लाखमा चित्त बुझाएको छ ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी तथा उत्कृष्ट गोलरक्षक सुजित विसी भए । उनले उत्कृष्ट खेलाडी भएवापत २५ हजार र उत्कृष्ट गोलरक्षक भए वापत १५ हजार प्राप्त गरे । फारवेष्टकै प्रविन सुनार उत्कृष्ट रक्षक, किरण वोहोरा उत्कष्ट मिडफिल्डर र विक्रम सिंह सर्वा्धिक गोलकर्ता भए । उनीहरुले जनही १५ हजार प्राप्त गरे । प्रतियोगिताको उदयमान खेलाडी भने पिएफए स्पोर्टस क्लबका जनक देउवा भए । उनले पनि नगद १५ हजार पाए ।

सम्बन्धित खवर