फुटबल खेलमा वडा नं. ६ विजयी

फुटबल खेलमा वडा नं. ६ विजयी

पथरी, मोरङको कानेपोखरी गाउँपालिकामा जारी दोस्रो अध्यक्ष कप–२०७६ को सोमाबार भएको खेलमा वडा नं. ६ विजयी भएको छ । खेलकुद विकास समिति कानेपोखरीको आयोजनामा भएको खेलमा वडा नं. ६ ले वडा नं. १ लाई शून्यको विरुद्ध ४ गोलको अन्तरले विजयी भएको हो ।

खेलको ६ औं मिनेटमा वडा नं. ६ को तर्फबाट काजीमान राईले १ गोल गरी गोलको खाता खोलेका थिए । त्यसैगरी विप्लव मैनालीले २ गोल र अर्पन लिम्बुले १ गोल थप्दै ०–४ को अंक बनाउँर्दै वडा नं. ६ विजेता बनेका थिए । वडा नं. १ ले पटक पटक गोल लगाउने प्रयास गरेता पनि विपक्षि टिमका डिफेण्रको कारण गोल लगाउनबाट चुकेका थिए । खेलको म्यान अफ दि म्याच विजेता टिमका विप्लव मैनाली घोषित भएका थिए । मैनालीले ट्रफि,मेडल पाएका छन् ।

मंगलबारको खेल वडा नं. ७ र ५ विच खेल हुने आयोजक समितिका संयोजक भूपाल श्रेष्ठले जनाए । संजीव गुरुङको संयोजनमा मितेरी युवा क्लबको व्यवस्थापनमा वडा नं. ७ को आइतबारे खेल मैदानमा हुदै छ । फुटबल खेलको विजेताले ८० हजार र उपविजेताले ५० हजार, ट्रफि,प्रमाण पत्र र मेडल पाउने छ ।

सम्बन्धित खवर