गएरातिको हावाहुरीबाट कैलालीमा एकजनाको मृत्यु, हावाहुरी क्रमशः पूर्वतिर सर्दै

गएरातिको हावाहुरीबाट कैलालीमा एकजनाको मृत्यु, हावाहुरी क्रमशः पूर्वतिर सर्दै

काठमाण्डौ, बिहीबार बेलुकीको भीषण हावाहुरीबाट कैलालीमा एकजनाको ज्यान गएको छ ।

गोदावरी नगरपालिकामा एकजनाको ज्यान गएको प्रहरीले जनाएको छ । कैलालीमा अरु २५ जना घाइते भएका छन् । घाइतेहरुको सेती अञ्चल अस्पताल लगायत अरु स्थानीय अस्पतालमा उपचार भैरहेको छ ।

कञ्चनपुरमा पनि हावाहुरीबाट २० जना भन्दा धेरै घाइते भएका छन् । घाइतेहरुको महाकाली अञ्चल अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ । हावाहुरीले बिजुलीको पोल तथा रुख ढलाउँदा केही ठाउँमा यातायात अवरुद्ध भएको छ । कच्ची घरका छाना उडाएका छन् ।

सुदूरपश्चिमको कैलाली र कञ्चनपुरबाट सुरु भएको हावाहुरी शुक्रबार बिहान काठमाण्डौ सहित मध्य क्षेत्रमा आइपुगेको छ । काठमाण्डौ र आसपासमा शुक्रबार बिहानैदेखि हावाहुरीसहित पानी परिरहेको छ ।

हावाहुरी मध्य भेगबाट पूर्वतिर सर्दै गएको मौसमविद विभूती पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार केहीबेर हावाहुरी चल्ने सम्भावना छ । पश्चिमी वायु र स्थानीय वायुको प्रभावले एक्कासी हावाहुरी चलेको उहाँको भनाई छ ।
यो समाचार उज्यालो अनलाइनमा छ

सम्बन्धित खवर