पथरी ईलाकाबाट पहिलो उत्कृष्ट प्रहरी बने उत्तम कटुवाल

पथरी ईलाकाबाट पहिलो उत्कृष्ट प्रहरी बने उत्तम कटुवाल

पथरी, इलाका प्रहरी कार्यालय पथरीबाट पहिलो उत्कृष्ट प्रहरीको रुपमा उत्तम कटुवाल छानिएका छन् । जिल्ला प्रहरी कार्यालय मोरङले बैशाख महिनाको पुलिस अफ दि मन्थको उपाधी पथरी ईलाकाका प्रहरी सहायक निरिक्षक उत्तम कटुवाल सहित अर्का एक जवानलाई प्रदान गरेको छ ।

कटुवाल ईलाका प्रहरी कार्यालय पथरीका घटना स्थल अधिकृत समेत हुन् । कटुवाल ईलाका प्रहरी कार्यालय पथरीबाट उत्कृष्ठ प्रहरीको सुचिमा पर्ने पहिलो प्रहरी हुन् ।

पछिल्लो समय पथरी ईलाका क्षेत्रमा हुने गरेका अपराधिक कृयाकलापहरुको छानविनमा उल्लेख्य योगदान पु¥याएको, चोरी तस्करी, लुटपाट, समाजमा हुने सामाजिक विकृति विसङ्गतिलाई नियन्त्रण एवम् उक्त कार्यमा संलग्न व्याक्तिहरुलाई पक्राउ गरि कार्वाहिको दायरामा ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्न सफल रहेको ठान्दै कटुवाललाई बैशाख महिनाको उत्कृष्ठ प्रहरी घोषित गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय सुनसरीमा दरवन्दी रहेका कटुवाल २०७४ चैतमा ईलाका प्रहरी कार्यालय पथरीमा आएका हुन् । कटुवालले गत बैशाख १७ गते स्थानिय पथरीशनिश्चरे नगरपालिका वडा नम्बर १० मनकामना टोल बस्ने अन्दाजी ६५ वर्षीया पूर्णिमा विश्वकर्मालाई ठक्कर दिने सवारी र चालकलाई ७ दिन पछि नियन्त्रणमा लिन सफल भएका थिए । प्रहरीले दुर्घटना भएको १ हप्तापछि ठक्कर दिने को ३४ प ९२१५ नम्बरको मोटरसाईकल र चालकलाई विराटनगर–११ बाट बैशाख २४ गते नियन्त्रणमा लिएको थियो । कटुवालका साथै ईलाका प्रहरी कार्यालय रानीमा कार्यरत प्रहरी जवान विनोद कार्की पनि बैशाख महिनाको उत्कृष्ठ प्रहरी घोषीत भएका छन् ।

कटुवालले प्राविधिक रुपमा यस क्षेत्रमा हुने गरेका घटना क्रमहरुमा अनुसन्धानको पाटोमा उल्लेख्य भूमिका निर्वाह गरेका छन् ।


सम्बन्धित खवर