वेतवास फर्निचर तालिम सम्पन्न

वेतवास फर्निचर तालिम सम्पन्न

अजय बास्कोटा, पथरी

मोरङको पथरीसनिस्चरे २ मा स्थित चौतारी सामुदायिक वन उपभोक्ता समुहले डिभिजन वन कार्यलयको सहयोगमा १० दिने वेतवास फर्निचर तथा मुडा सीप विकास तालिम सम्पन्न गरेको छ ।

उक्त वेतवास फर्निचर तथा मुडा सीप विकास तालिम र जैविक मल तालिमका लागि डिभिजन वन कार्यलयले १ लाख ५० हजारको सहयोग गरेको थियो । बाकीँ रहेको अपुग रकम समुहले बिहोर्ने गरि कुल ४ लाख रकम छुट्याएको हो ।

प्रशिक्षक र सीप सिक्ने ब्यक्तिलाइ वनले ज्याला पनि दिएको थियो । उक्त वनका सल्लकार रत्नबहादुर बस्नेतले राम्रो मुडा बनाएकोमा गोमा कट्वाललार्इ नगद पुरस्कर पनि प्रदान गरेका थिए ।

सो कार्यक्रममा स्थानीय प्रशिक्षकहरु लालबहादुर बस्नेत र रोहिणी लम्सालले प्रशिक्षण गरेका हुन् ।

त्यसै गरि वनका सल्लाहकार रत्न बहादुर बस्नेतले सीप सिकाउने कुरामा यस वनले धेरै कुरा सिकाएको बताउदै तालिम लिएका ब्यक्तिहरुले त्यस कामलाई निरन्तरता दिन पनि अनुरोध गरे । व्यावसायिक रुपमा काम गर्न नसकेको भएता पनि आप्नो घरमा प्रयोग हुने सम्पूर्ण सामान बनाउन अनुरोध पनि गर्नुभयो ।

कार्यक्रमका प्रमुख अतिथि वडा नं. २ का अध्यक्ष याम प्रसाद गुरागाईले वनले गरेको काम निकै नै प्रभावकारी र महत्वपूर्ण रहेको भन्दै प्रसंशा गर्नुभयो । आगामी दिनमा पनि यस्ता व्यावसायिक र सीपमुलक काममा वडाले पनि लगानीको वातावरण बनाउने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।


सम्बन्धित खवर