नगरपालिकाको भवन वडा नं. १ मै राख्न संघको माग

नगरपालिकाको भवन वडा नं. १ मै राख्न संघको माग

पथरी, पथरी उद्योग वाणिज्य संघले पथरीशनिश्चरे नगरपालिकाको ‘कार्यालय’ पथरीशनिश्चरे–१, को बजार दक्षिणमै कार्यालय हुनु पर्ने माग राखेको छ ।

विहिबार संघका पदाधिकारीले नगरपालिकाको कार्यालयमै गएर नगरप्रमुख दिलिपकुमार राईलाई ध्यानआकर्षण पत्र बुझाँउदै सो माग गरेको हो । संघको ६ गते बसेको बैठकले पञ्चायत माविले संरक्षण गर्दै आएको पथरी बहुमुखी क्याम्पस पूर्वको खाली ७ विगा जग्गामा नगरपालिकाको कार्यालयको भवन बनाउने निर्णय गरेको थियो । वडा नं. १०, २ र १ गरी तीन वटै सिमानाले छुने ठाउँमा संघले प्रस्ताव गरेकोले सवैको पाएक पर्ने बताउँर्दै विरोध अवरोध नहुने संघका अध्यक्ष दिपक बस्नेतले बताए ।


अध्यक्ष दिपक बस्नेत र महासचिव अशोक कुमार राईको हस्ताक्षर भएको पत्रमा आर्थिक बर्ष २०७६/०७७ मा बजेट छुट्याई काम सुरु गर्नुपर्ने उल्लेख गरेका छन् । व्यक्तिगत स्वार्थमा नअल्मलिईं ‘हाम्रो नगर हाम्रो शान’ मुल ध्येयका साथ नगरवासीको सुख समृद्धिका नीहित स्वार्थहरुमा अडिग रहँदै नगरका आफ्ना गतिविधिहरु अघि बढाउँन समेत ध्यानआकर्षर्ण गरेका थिए ।

नगरको कार्यालय परिसर बाहेकका खाली जग्गामा पथरीशनिश्चरे नगरलाई पर्यटकीय स्थलको रुपमा विकास गर्न,पार्कको निर्माणमा संघले नगरपालिकालाई सहकार्य गर्ने संघले बताएका छन् ।
नगरपालिकाको नगरप्रमुख दिलिप कुमार राईले नगरपालिकाको नाममा जग्गा अहिले सम्म उपलब्ध नभएकोले हामी बाध्यताले पुरानै ठाउँमा बसेको छौँ । र नगरपालिकाको नाममा जग्गा भेटिएमा हामी विभिन्न राजनितिक दल र स्थानीयहरुको सहमती जुटेमा जान तयार भएको बताए ।

त्यसैगरी पथरीशनिश्चरे नगरपालिकाको केन्द्रका विषयमा जारी विवाद अन्त्य गर्नका लागि नगर उपप्रमुख यमुना विष्ट वास्तोलाको संयोजकत्वमा नगरपालिकाले समिति निर्माण गरेको छ । नगर कार्यपालिकाको विहिबारको बैठकले केन्द्रको विवादलाई सुल्झाएर जग्गाप्राप्तिको पहल गर्न उप्रमुखलाई संयोजक तोकी ३ जना वडाध्यक्ष र १ जना कार्यपालिका सदस्य रहेको समिति निर्माण गरेको छ ।

समितिले केन्द्र राख्न तोकिएको स्थानको जग्गा प्राप्तिको पहल र नगरपालिकाको ‘पथरी शनिश्चरे’ नामलाई पनि हसन्दहको समेत भावनालाई समेट्दै उपयुक्त नाम जुराउने विषयमा समेत टुंगो लगाएर भदौ १० गतेसम्ममा प्रतिवेदन पेश गर्न जिम्मेवारी दिइएको नगर प्रवक्ता यामप्रसाद गुरागाईंले जनाए ।

०६८ साल साउन ३२ गतेको राजनीतिक सहमति, त्यसपछि पुनरावेदन हुँदै सर्वाेच्च अदालतले समेत गरेको फैसलामा हालको वडा नम्वर १० स्थित भूटानी शरणार्थी शिविर क्षेत्रमा नगरपालिका केन्द्र तोकिएको थियो । तर सो क्षेत्रमा जग्गा प्राप्ति भइनसकेको भन्दै नगरपालिकाले साविकको पथरी गाविस कार्यालयमा अस्थाई केन्द्रका राखिएको छ । जसका कारण भवन साँघुरो भएर कामकाजमा समस्या हुँदै आएको छ । वडा नम्वर १० तर्फका बासिन्दाहले भनें अदालतको निर्णयलाई कार्यान्वयन नगरी अपहेलना गरेको भन्दै नगरपालिकामाथि अपहेलनाको थप मुद्धा समेत लगाएका छन् । उनीहरुले शिविर क्षेत्रमै प्रदेश सरकारले निर्माण प्रक्रिया अघि सारेको अवस्थामा सोही ठाउँमा नगरपालिका कार्यालय भवनका लागि पनि जग्गाप्राप्तिमा सहजता हुने जिकिर गरेका छन् ।

 


सम्बन्धित खवर