२ योजना अनुगमन्

२ योजना अनुगमन्

पथरी, मोरङको पथरीशनिश्चरे नगरपालिकाकाले चालु आर्थिक वर्षका योजनाहरु अनुगमन्का क्रममा वडा नम्वर २ र ५ का योजना अनुगमन् गरेको छ ।

नगर उपप्रमुख एवम् अनुगमन् समिति संयोजक यमुना विष्ट वास्तोलाको अगुवाईमा प्राविधिकहरु सहितको टोलीले वडा नम्वर २ को वन सिमा सडक स्तरोन्नतीको अनुगमन् गरेको छ ।

नगरपालिकाको ३५ लाख तथा उपभोक्ताको ५ लाख समेतको बजेटमा ३ किलोमिटर ४ सय मिटरको सडक स्तरोन्नती गरिएको हो ।

समितिले वडा नम्वर ५ स्थित मौलीवारीमा मौलीवारी राजघाट जोड्ने सडकमा १३ लाख ५८ हजार रुपैयाँको लागतमा भएको ५ मिटर ५० सेन्टिमिटर लम्वाई र ६ मिटर चौडाईको पुल निर्माण तथा केही ग्राभेल र माटो पुर्ने कामको अनुगमन् गरेको छ । अनुगम्नमा गुणस्तरीय काममा जोड दिइएको संयोजक वास्तोलाले जनाउनु भयो ।


सम्बन्धित खवर