पाँचथरमा १५ वर्षीया किशोरीको घाँटी रेटेर हत्या

पाँचथरमा १५ वर्षीया किशोरीको घाँटी रेटेर हत्या

पाँचथर–पाँचथरको हिलिहाङ गाउँपालिका वडा नम्वर ४ पञ्चमीस्थित कार्तिके भन्ने स्थानमा एक किशोरीको शव फेला परेको छ ।

मृत्यु हुनेमा स्थानीय १५ वर्षीय शितल योङहाङ छिन् । घरबाट १० मिनेट टाढा खोल्सी छेउमा घाँटी रेटेर हत्या गरेको अवस्थामा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक अनिल पौडेलले जानकारी दिए ।

शव परीक्षणको तयारी भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार हत्यामा संलग्नको पहिचान हुन सकेको छैन ।

सम्बन्धित खवर