खसेको ढुंगाले लागेर युवकको मृत्यु

खसेको ढुंगाले लागेर युवकको मृत्यु

खोटाङ– गिटी कुटिरहेको समयमा माथिबाट खसेको ढुंगाले लाग्दा खोटाङमा एक युवकको मृत्यु भएको छ।

शनिबार कुलो निर्माणका लागि आवश्यक गिटी कुटिरहेका समयमा माथिबाट खसेको ढुंगाले लागेर गम्भीर घाइते भएका हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीका २३ वर्षीय शंकर कार्कीको मृत्यु भएको हो। माथिबाट खसेका ढुंगाले लागेर गम्भीर घाइते भएका कार्कीको थप उपचारका लागि विपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान लैजानेक्रममा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक केशवकुमार कटवालले बताए।

मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल दिक्तेल ल्याइएको प्रहरीले जनाएको छ।

सम्बन्धित खवर