कानेपोखरीमा मोटरसाईकल दुर्घटनामा एक जनाको मृत्यु

कानेपोखरीमा मोटरसाईकल दुर्घटनामा एक जनाको मृत्यु

कानेपोखरी–मोरङको कानेपोखरी गाउँपालिका–५ चिसाङ पुल छेउमा शनिबार मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

पश्चिमबाट पूर्व तर्फ आउँदै गरेको को २० प ८३९५ नम्बरको मोटरसाईकल आँफै अनियन्त्रित भइ दुर्घटना हुँदा मोटरसाईकल चालक मोरङ पथरीशनिश्चरे नगरपालिका१० बस्ने ४० बर्षीय प्रदिप लिम्बु गम्भीर घाइते भएका थिए ।

घाइतेको उपचारका क्रममा नरसिङहोम बिराटनगरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

सम्बन्धित खवर