विपन्नलाई झुल वितरण

विपन्नलाई झुल वितरण

पथरी, मोरङको पथरीशनिश्चरे वडा नम्वर १० को लक्षित बजेटमार्फत त्यहाँका विपन्न २ सय घरपरिवारलाई १,१ थान झुल वितरण गरिएको छ ।

आज एक कार्यक्रमकाबीच नगर उपप्रमुख यमुना विष्ट वास्तोलाका साथै कार्यपालिका सदस्य मैनादेवी आचार्य फूयँल र वडा सदस्य अनोज घिमिरेले झुल वितरण गर्नुभयो ।

कार्यक्रममा, उपप्रमुख वास्तोलाले महिलाहरुको आत्मनिर्भरताका लागि ढाकातानको तालिम सुरु हुन लागेको बताउँदै आर्थिक विपन्नहरुको उत्थानमा नगरपालिका लागिपरिरहेको जनाउनु भयो ।

दलिततर्फ ४० हजार र आदिवासी जनजातितर्फको ४० हजार बजेटमा समाजसेवी वीरवहादुर घिमिरेले १० हजार, काविल कन्ट्रक्सनले १० हजार, वडाध्यक्ष सागर राईले ५ हजार समेत सहयोग थप गरेपछि झुल खरिद गरी वितरण भएको हो ।

सम्बन्धित खवर