प्रदेश स्तरीय महिला फुटबलको उपाधि मोरङले उचाल्यो

प्रदेश स्तरीय महिला फुटबलको उपाधि मोरङले उचाल्यो

लक्ष्मीमार्ग–मोरङको लक्ष्मीमार्गमा १ नम्बर प्रदेसको प्रदेश महिला फुटवल ब्यवस्थापन समितीको आयोजनामा सम्पन्न भएको प्रथम प्रदेश स्तरिय महिला फुटबल प्रतियोगिताको उपाधि मोरङले उचालेको छ । फाईनल खेलमा मोरङले झापालाई ०–१ गोल अन्तरले पराजित गर्दै उपाधि उचालेको हो ।

मोरङकी साबित्रा मगरले खेलको ५९औं मिनेटमा गरेको गोल नै जितका लागि प्रयाप्त रह्यो । प्रतिस्पर्धात्मक खेलमा दुबै तर्फ निकै राम्रा मौका पाए पनि गोल गर्न सकेनन्। जितसँगै मोरङले नगद १ लाख ५० हजार रुपैयाँका साथ ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्याे भने उपविजेता झापाले ७५ हजार रुपैयाँ प्राप्त गरेको छ । प्रतियोगितामा उत्कृष्ट किपर मोरङकी कल्पना कार्की भएकी छिन् भने उत्कृष्ट खेलाडी मोरङकी इमा राई घोषित भइन् । त्यसै गरी उत्कृष्ट डिफेन्डर मोरङकी कोपिला धिमाल ,उत्कृष्ट फर्वड झापाकी पुजा खतिवडा, उत्कृष्ट मिडिफिल्डर झापाकी सरिता शेर्पा घोषित् हुँदै नगद ५ हजार प्राप्त गरेका छन् ।

हाई स्कोरर झापाकी पुजा खतिवडा र गंगा राई घोषित भए। बिजेता तथा उपविजेता टोलीलाई पूर्वाञ्चल खेलकुद विकास समितीका अध्यक्ष रबिन नगरकोटीले पुरस्कार बितरण गरे । प्रदेश १ का १३ जिल्लाको सहभागिता रहेको प्रतियोगिता १९ वैशाखदेखि बेलबारी ११ लक्ष्मीमार्ग संचालन भएको थियो ।

सम्बन्धित खवर