बीचमै काम छाडेर ठेकेदार भागेपछि पछि पुल निर्माण अलपत्र, स्थानीय जोखिमपूर्ण यात्रा गर्न वाध्य

बीचमै काम छाडेर ठेकेदार भागेपछि पछि पुल निर्माण अलपत्र, स्थानीय जोखिमपूर्ण यात्रा गर्न वाध्य

संखुवासभा–संखुवासभा र भोजपुर जोड्ने लम्सुवा घाटको पुल निर्माण अलपत्र हुँदा यहाँका स्थानीय जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । यहाँका स्थानीय हिउँदको समयमा जोखिम मोलेर डुंगाको सहाराबाट अरुण वारपार गर्छन् भने वर्षातको समयमा अढाई घण्टाको बाटो घुमेर सतिघाट वा तुर्केपुलबाट वारपार गर्छन् । विभिन्न कारण देखाउँदै तीन वर्षअघि बीचमै काम छाडेर ठेकेदार भागेपछि पुल निर्माण अलपत्र बनेको हो ।

२०७२ असोजमा निर्माण सम्पन्न हुनुपर्ने १ सय ६७ मिटर लामो यो पुलमा ६ वटा पिलर आधा मात्रै उठाइएको छ । स्वच्छन्द निर्माण कम्पनीले २०६७ सालमा निर्माण सुरु गरेको पुल निर्माण कार्य अहिले ठप्प छ । सडक विभागको बेवास्ता र ठेकेदारको लापरबाहीले पुल निर्माण कार्य २० प्रतिशत मात्र भएको छ । पुलको जमिनमुनिको पिलर निर्माण गर्ने क्रममा १२ मिटरमै चट्टान भेटिएको भन्दै ठेकेदारले काम छाडेको थियो ।

लम्सुवा घाटमा पुल निर्माण अलपत्र भएपछि ७० हजार बढी स्थानीयले सास्ती खेप्नुपरेको भोजुरका षडानन्दका नगरपालिकाका चन्द्रबहादुर श्रेष्ठले बताए । ९ वर्ष अघि थालिएको पुल निर्माण अहिलेसम्म २० प्रतिशत मात्र हुनु सडक विभाग नै दोषी रहेको स्थानीयको आरोप छ । अरुण नदीमा पुल नहुँदा स्थानीयले दैनिक उपभोग्य सामग्रीमा महँगो शुल्क तिर्नु परेको बताए । लामो समय निर्माण कार्य रोकिएपछि डिजाइन परिवर्तनका लागि समय पनि थपिएको थियो । १६ करोड ६३ लाखको लगानीमा निर्माण हुन लागेको पुल अहिले अलपत्र अवस्थामा छ ।

सम्बन्धित खवर