सबै भन्दा होँचो भूभाग देखि, सूर्योदय सम्म को अवलोकन यात्रा सम्पन्न

 सबै भन्दा होँचो भूभाग देखि, सूर्योदय सम्म को अवलोकन यात्रा सम्पन्न

डम्बर सिन्चिउरी, लेटाङ

उत्तरी  मोरङको एक मात्र नगर  लेटाङ नगरपालिका वडा नम्बर ९ जाँते को वार्षिक कार्ययोजना अन्तर्गत गरिने अवलोकन भ्रमण टोलीले नेपालकै सबै भन्दा होँचो भूभाग कचन कवल देखि नेपाल कै सुन्दर सूर्योदय देखिने ईलामको श्रीअन्तु डाँडा सम्मको अवलोकन भ्रमण हालै पूरा गरेको छ ।

यहि बैशाख १३गते शुक्रबार देखि १४ गते शनिबार सम्म गरिएको उक्त दुई दिने अवलोकन भ्रमण टोलिले  सुदुर पुर्वि  जिल्ला झापाको समुन्द्री सतह देखि ५८ मिटर उचाईको कचन कवल देखि १ हजार ८ सय २३ मिटर उचाई सम्म को सुर्योदय दृष्यावलोकन गरिने  श्रीअन्तुडाँडा सममको यात्रा सम्पन्न गरेको हो ।

भ्रमणको क्रममा भ्रमण टोली द्वारा बाटामा पर्ने झापाको ऐतिहासिक स्थल किचक बध , इलामको कन्याम , फिक्कल र श्रीअन्तु पोखरी समेतको अवलोकन गरेको भ्रमणमा सहभागी ख्याम भट्टराईले वताएका छन् ।

विकास निर्माण देखि पर्या-पर्यटन को प्रवर्दन साथै स्थानिय विकासमा टेवा पु्याउने उद्देश्यले उक्त   अवलोकन भ्रमण गरिएको वडा सचिव प्रेम सिन्चिउरीले वताएका छन् । उहाँका अनुसार यसरी वर्षै पिच्छे गरिने भ्रमण बाट प्रत्यक्ष हेर्दा केही धन रासि खर्च हुने देखिए पनि अन्ततः अप्रत्यक्षरुप मा स्थानिय स्तरको विकासमा अहम भुमिका निर्वाहा गर्ने भएको पाईन्छ । भ्रमण टोलीमा वडा समिति का पदाधिकारी ,  विद्यालयका प्र अ वा प्रतिनिधि ,  टोल विकास समितिका प्रतिनिधि,  सामुदायीक वनका प्रतिनिधि ,  खाने पानी संस्थाका प्रतिनिधि लगायतका ४२ जनाको सहभागितारहेको वडाध्यक्ष कृष्ण लुईटेलले जनाएका छन्। शुरुमा संखुवासभा को सल्लेरी सम्म को भ्रमण गरिने योजना रहेको भए ता पनि अक्स्मातरुपमा गाडि मा अाएको प्राविधिक गडवडीबाट भ्रमणको रुट बदलेर भ्रमण गरिएको भएता पनि भ्रमण अत्यन्तै फलदायीरहेको वडा सदस्य इन्द्र ढकालले जनाएका छन्। अरु केही नभए पनि अान्तरिक पर्यटन बाट अोझेलमा परेको कचन कवल को दृष्य हेर्न यति ठूलो टोलि पुग्नु , अान्तरिक पर्यटनको जगेर्ना को जगमा एउटा भए पनि ईटा थप्न श्रीअन्तु जस्तो ठाउमा पुगेर त्यहाँको जैविक विविधता र अौषधि जन्य पदार्थ  बारे जानकारी लिन पाउनु नै यो भ्रमणको अत्यन्तै ठूलो उपलब्धि रहेको वडा सदस्य ढकालले वताएका छन् ।

अवलोकन भ्रमण बापत नगरले छुट्याएको १ लाख रकम बाट गरिएको यो भ्रमण अति साँगुरो दाएरामा सम्पन्न गरिएको साथै यस्ता सागुरा दायरामा गरिने अवलोकन भ्रमण त्यत्ति उपलब्धिमुलक बन्न नस्क्ने नाम नवताउने सर्तमा एक सहभागिले वताएका छन् । उहाँका अनुसार रकमको अभावमा जे हेर्न वा अवलोकन गर्नु पर्ने हो त्यहाँ पुग्न वा अवलोन गर्न नपाउने र यस्ता अपुर्ण भ्रमण बाट स्थानिय विकासमा खासै टेवा पुग्न नसक्ने साथै अागामी दिनमा सम्बन्धित निकायको ध्यान जान अति अावस्यक रहेको वताईएको छ ।

यस्ता भ्रमण जसले वा जुन संसथाले गराए पनि अत्यन्तै पारदर्सि पुर्ण हुनु पर्ने अन्यथा नेपाली चर्चित उखान “हात्ती अायो हात्ती अायो फुस्सा” नहोला भन्न नसकिने स्थानिय सर्व साधरणको भनाईरहेको छ । साथै, यस्ता भ्रमणको नाममा नगर पालिका कोष बाट  छुट्याउने गरेको लाखौं रुपैंया बिना उपलब्धि स्वाहा हुनेमम कसैको दुईमत नरहेको जानकारहरु को भनाई रहेको छ ।

सम्बन्धित खवर