महासंघको अधिवेसन सम्पन्न, अधिवेसनद्वारा नयाँ समिति चयन

महासंघको अधिवेसन सम्पन्न, अधिवेसनद्वारा नयाँ समिति चयन

डम्बर सिन्चिउरी, लेटाङ

सामुदायिक वन महासंघ नेपाल जिल्ला महासंघ मोरङको छैठौं अधिवेसन सम्पन्न भएको छ ।

उक्त अधिवेसन मोरङको लेटाङ ४ स्थित जनसेवा सामुदायिक वनको सभाहलमा सम्पन्न भएको हो । अधिवेसनले महासंघको निवर्तमान उपाध्यक्ष राम कृष्ण राईको अध्यक्षतामा २० सदसिय नयाँकार्य समिति समेत गठनगरेको छ । सर्वसम्मति बाट गठित उक्त नयाँ कार्य समितिका अन्य पदाधिकारीहरुमा उपाध्यक्ष सुभद्रा भट्टराई, सचिव बाल कुमारी कट्टेल, कोषाध्यक्ष विध्या चापागाईं रहनुभएको छ । यसैगरी सदस्यहरुमा क्रमशः नन्दलाल धिमाल, कृष्ण थामी, खगेन्द्र सुवेदी, सुनिता तामाङ, देवि प्रसाद पोख्रेल, शर्मिला मगर रहेका छन् । अन्य सदस्यहरुमा नारायण अधिकारी, अंमृत बस्नेत, विष्णु माया श्रेष्ठ, सीता राई, आनन्द सागर तिंसिना, नैनकला ढुङ्गेल लगाएतका रहेको निवर्तमान सचिव रेणुका दाहालले वताउनु भएको छ । साथै अधिवेसनले नै सर्वसम्मतिबाट पुष्पा खत्री को संयोजकत्वमा तीन सदसीय न्यायीक समितिको गठन गरको छ भने डम्बर श्रेष्ठको संयोजकत्वमा तीन सदसिय नै लेखा तथा अनुगमन समिति समेत गठन गरेको छ ।

अधिवेसनका आमन्त्रित विभिन्न अतिथिहरुले अधिवेसनको सफलताको शुभकामना मन्तव्य समेत राखेका थिए । मन्तव्य राख्ने मध्ये खधिकांस ले हाल सामुदायीक वन र साझेदारी वनमा संचालित वैज्ञानिक वनको अवधारणाको विरोध गरेका थिए । वैज्ञानिक वन नाम मात्रको वैज्ञानिक भएको ,काम भने अति नै अवैज्ञानिक रहेको वताउनुहुन्छ महहसं केन्द्रीय कोषाध्यक्ष पार्वती गौतम । उहाँ भन्नुहुन्छ यो अवधारणाले दलित तथा पिछडा वर्ग ,महिला आदिको अधिकार हनन गरेको छ ।

उहाँका अनुसार बैज्ञानिक वनको निहुँमा दलितले गोल काट्न पाउँदैनन् यसबाठ उनिहरुको परमपरागत पेशा धरापमा पर्यो, महिलाको घाँस दाउराको काम ठप्प हुँदा पशु पालन र अन्य व्यवासाय ठप्प प्राय छ । पिछडा वर्गको जंगलि पेशा ठप्पै भयो । यस बाट गरिबी न्युनिकरण हैन गरिब झन गरिब र पहुँच वालाहरु चै काठ बेचेर रातारात धनी बन्ने खेल बडेको छ । उहाँ भन्नुहुन्छ यसको निहुमा बुढा ,सुक्न लागेका ,हाँगा सुकीसकेका र जसको फलै लाग्न नसक्ने आदि जस्ता रुख माउरुख राख्ने गरेको देखिन्छ । वयस्क रुख काटेको पाईन्छ । यस बाट विउनै उत्पादन हुन नसके पछि केही वर्षमानै जंगल उजाडिने निश्चित रहेको हुनाले आज सामुदायीक वनका अभियन्ता वन मास्ने हैन , वन जोगाउने अभियान तर्फ नै लाग्न कोषाध्यक्ष गौतमले सबैलाई सुझाउनु भएको छ ।


वैज्ञानिक वनको अवधारणाले लोपोन्मुख जंगली जनावर , चरा चुरुङ्गी संकटमा परेको । जैविक विविधताको नाश गरी अौषधि जन्य विरुवाहरुको लोप भैसकेको । जंगल मासिनाले जंगली जनावर गाउँ पसेर गाउँलेको बालिनाली तहसनहस पार्नुका साथै ज्यानै समेत खतरामा रहेकोको छ । यसो हुँदा हिजो संघर्ष बाट प्राप्त गरेको सामुदायीक वन लाई आज चौतर्फी आमक्रमण भै जंगल नै मासिएर आफु, समुदाय र देशलाई नै आर्थिक एवं वातावरणिय संकट उत्पन्न हुन लागेकाले यसलाई रोक्न तथा वन रक्षा खातिर आफु एक्लै भए पनि लाग्ने प्रति वद्धता जाहेर गर्नु हुन्छ शुभकामना मन्तव्य कै क्रममा अर्का अतिथि मोरङ एक ख का प्रदेश सभासद माननीय उपेन्द्र घिमिरे ।

यसै गरी सामुदायीक वन सबै मिली जोगाउने तर समितिका सोझा साधा पधाधिकारीको नाजायज फाईदा उठाएर चलाखी पुर्ण तरिकाबाट मुठ्ठिभरिका एका दुई पदधिकारीले वनलाई डुवाउने पद्दति समेत वनमा वढ्न थालेकाले सबैले बेलैमा सचेत हुनमा जोड दिनुहुन्छ । अधिवेसनका अर्का वक्ता महासंघ मोरङका पुर्व अध्यक्ष डिक बहादुर लिम्बू । उहाँ भन्नुहुन्छ सामुदायिक वनले वैज्ञानिक वनका नाममा वन फाँड्ने मात्र हैन वनजोगाउने तर्फ पनि लाग्नु पर्छ । यसै गरी सामुदायीक वनकर्मीहरु विभिन्न भौतिक संरचना तथा अनुत्पादक क्षेत्रमा लगानि गर्ने भन्दा पनि उद्दम संचालन गरी आम उपभोक्ताको आयआर्जनको पाटोमा लाग्नु पर्यो, यश बाट समुदायमा गरिबी निवारण गर्न लागीपर्नु पर्यो ।

साथै सामुदायीक वन का पदाधिकारीहरुमा अहिले पारदर्सिताको अभाव र निमुखा महिलासदस्यहरुको असक्षमताको नाजायज फाईदा उठाउने परिपाटिको अन्त हुन पनि त्यतिकै जरुरीरहेको छ । यसका लागि सम्बन्धित सबै सोझो हैन बेलैमा सजग हुन पनि त्यतिकै आवस्यक रहेको महासंघ मोरङका पुर्व अध्यक्ष लिम्बूले जोडदिनु भएको थियो ।अन्तमा आमन्त्रित सम्पुर्ण अतिथिहरुलाई आयोजकका तर्फ बाट मायाको चिनो समेत वितरण गरिएको थियो ।

निवर्तमान अध्यक्ष अग्नि पौडेलको सभापतित्वमा सम्पन्न अधिवेसन का प्रमुख अतिथि संविधान सभा सदस्य एवं पुर्व महासंघ मोरङ अध्यक्ष डिक बहादुर लिम्बु हुनुहुन्थ्यो । प्रदेश सभा सदस्य उपेन्द्र घिमिरे र महासंघ का केन्द्रीय कोषाध्यक्ष पार्वती गौतम विसिष्ठ अतिथि हुनुहुन्थ्यो ।कार्यक्रम निवर्तमान सचिव रेणुका दाहालले संचालन गर्नु भएको थियो ।

सम्बन्धित खवर