हिम्मतवाली स्वेताले उठाएरै छाडिन् माझी बस्ती

हिम्मतवाली स्वेताले उठाएरै छाडिन् माझी बस्ती

लोकप्रिय नायिका स्वेता खड्काको परिचय यसैमामात्र सिमित छैन । उनी निर्मात्री , एक सफल व्यवसायी र समाजसेवी पनि हुन् । बिवाह गरेको एक महिनामै श्रीमान गुमाएकी उनले आफु जिउन र अरुका लागि पनि जिउने स्वेताको प्रयास आम महिलाहरुका लागि एउटा प्रेरणा नै बनेको छ । त्यती मात्र होईन उनले श्वेता श्री फाउण्डेशनमार्फत विनाशकारी भूकम्पपछि तहसनहस बनेको सिन्धुपाल्चोकको माझी बस्ती उठाउने जिम्मा लिईन् ।

उनले चौतारा साँगाचोकगढी नगरपालिका–१४ भिमटार माझी बस्तीका लागि आवास निर्माणका लागि दिनरात खटिईन् । यो बस्ती निर्माणका लागि स्वेताले कम हण्डर र कम समस्या भोग्नु परेन । उनले माझी बस्ती निर्माण गर्नका लागि चन्दा भन्दै सहयोग मागिनन् जसको कारण बस्ती अपुरो हुने भएपछि उनले आफनो घर नै सहकारीमा धितो समेत राखेकी थिईन् ।

अनेक हण्डर समस्या र कठिनाईहरु झेल्दै अगाडी बढेकी हिम्मवाली स्वेताले अन्तत स् माझी बस्ती ठराएरै छोडेकीछिन् । उनले आफनो फाउन्डेसनमाफर्त ५३ घर निर्माण सुरु गरेकी थिइन् । ४६५ वर्ग फिटमा निर्माण हुने घरको लागत प्रति घर लगभग ७ लाख रुपियाँ पर्न आउँछ । फाउण्डेशनले स्थानीयसँग घर निर्माणमा लाग्ने ७ लाख आफैले व्यहोर्न पर्ने र अन्य भौतिक पूर्वाधार को काम मात्रै फाउण्डेशनले गर्ने सहमतीमा काम सुरु गरेको थियो । विभिन्न अगुवाईहरुको हातेमालो र सहयोगका कारण माझीबस्तीमा चिटिक्क परेका ५३ घर बनेका छन् । उनले आफनो सामाजिक सञ्जालमा लेख्दै बस्ती निर्माण गर्ने घोषणा गर्दा कतिले उपहास गरेको कतिले गाली गरेको स्मरण गर्दे सहयोगीहरुको साथ र माझी बस्तिका युवाहरुको हातका कारण माझी बस्ती निर्माणको सपना पुरा भएको उल्लेख गरेकीछिन् ।

उनी लेख्छिन् “सानो घर, हाम्रो रहरको सपना साँचेका मेरा प्रिय माझी बस्तिका दाजुभाइ तथा दिदिबहिनीहरुसंग हात्तेमालो गर्दै यहाँ सम्म आइपुगियो । धेरै कस्ट सहियो , धेरै हण्डर खाइयो । कतिले गाली गरे अनि कत्तिले आँखा तरे । कोहीले आश देखाए भने कोहीले उपहास गरे । तर सहयोगीहरुको साथ र माझी बस्तिका युवाहरुको हातका कारण हामी, हाम्रो सपनालाई बिपनामा परिणत गर्ने तरखरमा छौ । अझै केहि काम बाँकी छन । म एक्लैले ,अपुरो कामलाई पुरा गर्न सम्भव छैन । आउनुस अझै मौका छ । नमुना माझी बस्तीमा आ(आफ्नो योगदान गरौ” । उनी यो बस्ती पुर्णरुपमा तयारी गरी हस्तान्तरण गर्ने अभियानमा छिन् ।

सम्बन्धित खवर