माटोको ढिस्कोले पुरिएर झापामा बालकको मृत्यु

माटोको ढिस्कोले पुरिएर झापामा बालकको मृत्यु

झापाको गौरादह –१ मा माटोको ढिस्कोले पुरिएर एक बालकको मृत्यु भएको छ। निर्माणाधिन अवस्थामा रहेको नालीमा खेल्ने क्रममा माटोको ढिस्कोले पुरिएर स्थानीय सात वर्षीय सुमन कर्मकारको मृत्यु भएको हो ।

बुधबार साँझ खेल्ने क्रममा ढिस्कोले पुरिँदा गम्भीर घाइते भएका सुमनलाई उपचारका लागि दमकस्थित लाईफ लाइन अस्पताल पठाइएको थियो । उपचारको क्रममा राति उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय गौरादहले जनाएको छ।

सम्बन्धित खवर