संखुवासभाको प्राइम बैंकमा आगलागी हुँदा ७ लाख बराबरको क्षति

संखुवासभाको प्राइम बैंकमा आगलागी हुँदा ७ लाख बराबरको क्षति

संखुवासभाको प्राइम बैंक आगलागी हुँदा ७ लाख बराबरको क्षति भएको छ । संखुवासभको सभापोखरी गाउँपालिका–६ देवाल लाइनमा रहेको प्राइम कमर्सियल बैंकमा आगलागी हुँदा अन्दाजी ७ लाख मूल्य बराबरको क्षति भएको हो ।

मंगलबार बिहान ७ः५५ बजे सोही स्थान बस्ने विकाश तामाङको २ तले घरको भुई तलामा रहेको उक्त बैंकमा बिजुलीको तार सर्ट भई आगलागी भएको थियो । आगलागीबाट बैंकमा भएको कम्प्युटर–२ थान, प्रिन्टर–३ थान, काउन्टिङ मेशिन–१ थान, कुर्सी–४ थान, फायर कन्ट्रोल मेशिन–१ थान, फर्निचरलगायत ढोकाको सिसा फुट्नुका साथै सम्पूर्ण सामान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

आगलागी भएको जानकारी पाउनासाथ तत्काल प्रहरी चौकी बाह्रविसेबाट प्रहरी टोलीले स्थानीयवासीको सहयोगमा आगो पूर्ण रुपमा नियन्त्रणमा लिएको थियो ।

सम्बन्धित खवर