यू–१६ क्रिकेट प्रतियोगिता भोली चैत्र १९ देखि २५ गते सम्म हुने

यू–१६ क्रिकेट प्रतियोगिता भोली चैत्र १९ देखि २५ गते सम्म हुने

काठमाडौं, प्रदेश स्तरिय यू–१६ क्रिकेट प्रतियोगिता चैत्र १९ देखि २५ गते सम्म टीयू क्रिकेट मैदानमा हुने भएको छ । अप्रिल १८ देखि २९ सम्म थाईल्यान्डमा हुन लागेको एसीसी यू–१६ इस्टर्न रिजनको लागि यसै प्रतियोगिताबाट खेलाडी छनोट गरिने छ ।

प्रतियोगितामा सहभागीता जनाउने ७ प्रदेशलाई दुई समुहमा विभाजन गरिएको छ । दुवै समुहका शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् । सेमिफाइनल चैत्र २४ र फाइनल २५ गते हुने छ । । प्रतियोगिताबाट २५ खेलाडी प्रारम्भिक छनोटमा पर्नेछन् । त्यसपछि अन्तिम छनोटमा १४ खेलाडी र ४ वैकल्पिक खेलाडीको नाम सार्वजनिक गरिनेछ ।

प्रतियोगिताको ग्रुप ए मा प्रदेश नम्बर ३, प्रदेश नम्बर ४, प्रदेश नम्बर ५ र प्रदेश नम्बर ६ रहेका छन् । समहु बी मा प्रदेश नम्बर १, प्रदेश नम्बर २ र प्रदेश नम्बर ७ छन् । फाइनलबाहेक अन्य हरेक दिन दुई खेल हुने छन् । खेल विहान ८ र दिउँसो १२ बजे देखी टियु क्रिकेट मैदानमा सुरु हुने छ । यस प्रतियोगिताको विजेताले १ लाख ५० हजार र उप विजेता टोलीले रु ७५ हजार बराबरको खेलकुद सामग्री प्राप्त गर्ने बताईएको छ ।

सम्बन्धित खवर