पथरी अपडेट : कावेली हस्पिटलमा असुर ग्यास प्रहार, विरामी अस्तव्यस्त

पथरी अपडेट : कावेली हस्पिटलमा असुर ग्यास प्रहार, विरामी अस्तव्यस्त

भिमराज अधिकारी, पथरी

पछिल्लो समय असान्त बनेकाे पथरीमा दाेहाेराे झडप समेत भएकाे छ । प्रहरीले सडकमा अाएका पथरीवासीलाई असुर ग्यास प्रहार गर्दा कावेली हस्पिटलमा पनि प्रहार गरेकाे छ ।

हाल कावेलीमा उपचाररत रहेका बिरामीकाे अवस्था अस्तव्यस्त बनेकाे साे हस्पिटलका सञ्चालक सन्ताेष ढुङ्गेलले बताए । प्रहरीले हस्पिटल जस्ताे संबेदनसिल ठाउँमा समेत असुर ग्यास प्रहार गर्दा बिरामी बालबालिका र ठुलालाई समेत ठुलाे असर परेकाे ढुङ्गेलले बताए ।

यता प्रहरीसंगकाे झडपमा परी सर्वसाधारण घाइते भएका छन् । प्रदेश दैनिकलाई प्राप्त सुचना अनुसार हाल पथरी हस्पिटलमा ४ जना उपचाररत छन् । पथरीशनिश्चरे १ निवासी जित बहादुर लावती, सुमित्रा खतिवडा, कुल बहादुर थापा, ज्ञानेन्द्र विष्ट र मञ्जु पाैडेल रहेका छन् । लावतीकाेे टाउकोमा चाेट लागेकाे र पाैडेललाई असुर ग्यासले निकै असर पुर्याएकाेे भएता पनि पाँचै जनाकाे अवस्थाा सामान्य हुदै गएकाे पथरी हस्पिटलले जनाएकाे छ । पाैडेल माकामना साकाेसकी कर्मचारी हुन् ।

यस्ततै माेरङ हस्पिटल पथरीमा भर्ना गरिएका २ जना विरामी नाेवेल मेडिकल कलेज बिराटनगर रेफर गरिएको हस्पिटलले जनाएको छ । साेहीी नगरकाे वडा नं १ का सुदिप राईकाे कानकाे पछाडि ४ ईन्च गहिरो चाेट लागेकाे थियाे । साे नगरका वडा नं ७ निवासी साेमनाथ वि.ककाे घुँडाकाे पाङ्ग्रामा चाेट लागेकाे र नेवेल रेफर गरेकाे माेरङ हस्पिटलले जनाएको छ ।

पथरी घटनामा घाइते सबैकाे उपचार नगरले गर्नुपर्ने वडा अध्यक्ष सागर राईले बताए । हाल पथरीकाे अवस्था केही सामान्य बन्दै गएकाे छ । बन्द रहेकाे सडक खुल्ला गरिएको छ ।

सम्बन्धित खवर