नेकपामाथिको प्रतिबन्धबारे सत्तापक्षीय सांसदले दिए ०५२ को स्थिति आउन सक्ने चेतावनी

नेकपामाथिको प्रतिबन्धबारे सत्तापक्षीय सांसदले दिए ०५२ को स्थिति आउन सक्ने चेतावनी

काठमाडौं, सरकारले नेत्र विक्रम चन्द विप्लवमाथि लगाएको प्रतिबन्धको विरोधमा सत्ता पक्षीय सांसद नै देखिएका छन् । बुधबार राष्ट्रिय सभामा बोल्दै नेकपाबाट राष्ट्रिय सभामा आएका कालीबहादुर मल्लले सरकारले विप्लवमाथि प्रतिबन्ध लगाउन सरकारले हतार गरेको आरोप पनि लगाएका छन् ।

‘विप्लवमाथिको प्रतिबन्ध हतार भयो ।’ उनले राष्ट्रिय सभा बैठकमा भने ‘राज्य भनेको आमाबाबु हो र जनताहरु भनेको सन्तानहरु हुन् । सन्तानहरु अलिक उच्छृङ्खल नै भएपनि राज्यले त्यसमा जिम्मेवार भएर अघि बढ्नुपर्छ ।’ उनले यसको अर्थ विप्लवका कामहरु सहि छन् भन्ने आफ्नो धारणा नरहेको समेत स्पष्ट पारेका छन् ।

अहिलेसम्म सरकारले वार्ता र छलफलको लागि विप्लव समूहलाई आह्वान गरेको बारे कुनै जानकारी नभएको भन्दै सरकारले उनीसँग कति पटक वार्ताको लागि कतिपटक आह्वान ग¥यो रु त्यसबारे सबै जानकारी दिन समेत उनले सरकारसँग माग गरेका छन् । उनले आफूहरु पनि सोही बाटोबाट आएको भन्दै विद्रोहीसँग संवेदनशीलता नअपनाउँदा मुलुकले १० वर्षको द्वन्द्व सुरु गरेको आरोप समेत लगाएका छन् ।

उनले व्रिदोहीहरुलाई आतंंककारी घोषणा गर्ने क्रम पनि प्रक्रियागत रुपमा आउने भन्दै राजनीतिक, आर्थिक, जनताको शान्ति सुरक्षा आदिमा गम्भीर चुनौती नथपिएसम्म विद्रोहीमाथि प्रतिबन्ध लगाउन नहुने उनको बुझाई छ । प्रिभेन्ट्ली प्रोसस र अप्रेसनल प्रोसेसर गरी दुई प्रक्रिया हुने भन्दै उनले प्रिभेन्ट्ली प्रोसेस असफल भयो भने मात्रै अप्रेसनल प्रोसेसमा सरकार जान सक्ने बताएका छन् । बम पड्कियो भनेर प्रतिबन्ध नै लगाउनु जायज नरहेको उनको बुझाई छ ।

उनले तत्कालीन माओवादीको ४० बुँदे मागप्रति सरकारले बेवास्ता गर्दा १० वर्ष देश र नेपाली जनताले दुख पाएको भन्दै उनले ०५२ सालको स्थिति आउनसक्ने तर्फ सचेत हुन पनि सरकारलाई आग्रह गरेको छ ।
हाम्राकुराबाट

सम्बन्धित खवर