लगानी सम्मेलनमा १५ परियोजनाका लागि लगानीकर्ताहरुको हस्ताक्षर

लगानी सम्मेलनमा १५ परियोजनाका लागि लगानीकर्ताहरुको हस्ताक्षर

नेपाल लगानी सम्मेलनमा विभिन्न क्षेत्रका १५ वटा परियोजनाका लागि हस्ताक्षर भएको छ । शुक्रबार र शनिबार राजधानीमा भएको सम्मेलनमा सरकारका तर्फबाट प्रस्तुत भएका ७७ वटा परियोजनामध्ये १५ वटा परियोजनाका लागि एमओयुमा हस्ताक्षर भएको हो ।

पूर्व प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ र अर्थमन्त्री युवराज खतिवडाको उपस्थितिमा विभिन्न १५ आयोजनामा विदेशी लगानीकर्तासँग सम्झौता भएको हो । ९ सय मेघावाट अरुण तेश्रो जलविद्युत आयोजनाका लागि बैंक अफ इण्डियाबाट ६ हजार ५ सय ६० करोड, एभरेष्ट बैंकबाट ८ सय १२ दशमलव ६१ करोड , नबिल बैंकबाट ४ सय ८७ दशमलब ५८ करोड लगानी गर्ने गरी संयुक्त हस्ताक्षर भएको छ । त्यसैगरी माथिल्लो त्रिशुली १ हाइड्रो पावर आयोजनाका लागि कोरियाली कम्पनीले लगानी गर्ने भएको छ ।

चीनको दुई कम्पनीले १ सय ६४ मेघावाटको कालीगण्डकी गोर्ज जलविद्युत आयोजनाका लागि लगानी गर्ने गरी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सिमरालाई विशेष आर्थिक क्षेत्र बनाउनका लागि लगानी बोर्ड र इन्टरनेशसल फाइनान्स कर्पोरेसनबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । त्यसैगरी सौर्य उर्जामा लगानी गर्ने गरी प्रदेश, २ का मुख्य मन्त्री लाल बहादुर राउत र सिजीका प्रबन्ध निर्देशक निर्वाण चौधरीबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

सिन्सियर कन्सल्टिङ कम्पनी लिमिटेड र हिमालय बुटिक भिलेज रिसोर्ट बनेपाबीच पनि सम्झौता पत्रमा हस्ताक्षर भएको छ । नेपालका औद्योगिक विकासका लागि एनआएनका तर्फबाट १० अर्बको सहयोग सम्झौतामा उद्योग विभागका महानिर्देशक विनोद प्रकाश सिंह र एनआरएनएका अध्यक्ष भवन भट्टबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

मुथुट फाइनान्स इण्डिया र युनाइडेट फाइनान्स लिमिटेडबीच लगानीका लागि सम्झौता भएको छ । एपी पावर कम्पनी लिमिटेड र कडेल ग्रुप अफ कम्पनीबीच सोलार, जलविद्युत् र वीन्ड प्रोजेक्टका लागि सम्झौता भएको छ । संयुक्त लगानीका आयोजनाका लागि चौधरी ग्रुप र सरार्फ गु्रुपबीच सम्झौतापत्रका हस्ताक्षर भएको छ । ६ सय मेघावाट सौर्य उर्जाका लागि स्काई पावर र चौधरी ग्रुपबीच पनि सम्झौता पत्रमा हस्ताक्षर भएको छ । त्यसैगरी चौधरी ग्रुप सिजी कोर्प ग्लोबल टर्कीको कम्पनी टर्क सेलबीच ५ जी मोबाइलको विकासमा सम्झौता भएको छ ।

सम्बन्धित खवर