अमरदहमा ढल्के जोवन गोल्डकप हुने

अमरदहमा ढल्के जोवन गोल्डकप हुने

सुमन श्रेष्ठ, अमरदह

मोरङको सुनबर्सी नगरपालिका–२ अमरदहमा ढल्के जोवन गोल्डकप हुने भएको छ । शनिवार पत्रकार सम्मेलनको आयोजना गर्दै १ नम्बर प्रदेश स्तरीय ढल्के जोवन गोल्डकप गरिने आयोजक अमरदह ढल्के जोवन युवा क्लबले बताएको हो ।

गोल्डकप बैशाख २१ गतेदेखि बीरेन्द्र सार्वजनिक माविको खेल मैदानमा हुने क्लवका अध्यक्ष प्रताप तामाङले बताए । गोल्डकपमा विजेता टिमले २ लाख ११ हजार र उपविजेताले १ लाख ५१ हजार पुरस्कार सहित ट्रफी, मेडल र प्रमाण–पत्र पाउँने क्लवका तामाङले बताए । ढल्के जोवन गोल्डकप प्रतियोगितामा पूर्वका १६ टिमहरुको सहभागिता रहने आयोजकले जनाएको छ ।

प्रतियोगिता सफल बनाउन सुनवर्सी नगरपालिकाले २ लाख र वडा नं. २ ले २ लाख ८० हजार रुपैया दिने जानकारी दिइएको छ । खेलका लागि जम्मा १५ लाख रुपैँया लाग्ने अनुमान गरिएको छ । बाकीँ अपुग रकम स्थानीय संघ–संस्थाको सहयोगमा जम्मा गरिने अध्यक्ष तामाङले पत्रकार सम्मेलनमा बताए ।

गोल्डकपमा ३० वर्ष भन्दा माथिका उमेरका खेलाडीहरु मात्र सहभागि हुने पाउने प्रावधान रहेको छ । प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई १५ हजार रुपैयाँ, प्रत्येक दिनको म्यान अफ द म्याच हुनेलाई १५ सय रुपैयाँ सहित ट्रफी प्रदान गरिने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

सम्बन्धित खवर