नेपाल कुवेतसँग दोस्रो खेलमा १–० पराजित

नेपाल कुवेतसँग दोस्रो खेलमा १–० पराजित

नेपाली पुरुष राष्ट्रिय फुटबल टोली कुवेतविरुद्ध भएको दोस्रो मैत्रीपूर्ण खेलमा १–० ले पराजित भएको छ । खेलको २९ हौं मिनेटमा कुवेतले खेलको निर्णायक गोल गरेको थियो । डिफेन्डर रञ्जित धिमालले पेनाल्टी क्षेत्रभित्र फल गरेपछि रेफ्रीले पेनाल्टी दिए । जुन अवसरलाई युसुफ नासेरले सदुपयोग गर्दै कुवेतलाई अग्रता दिलाए ।

खेलदौरान कुवेतले अधिकांश समय आक्रमण गरेपनि गोलरक्षक किरण चेम्जोङ लगातार बाधक बनिरहे । पहिलो खेलमा गोलरहित बराबरी नतिजा हात पार्दा उत्कृष्ट रहेका किरणले दोस्रो खेलमा पनि आफ्नो लय कायम राखे । प्रशिक्षक योहान कालीनले पहिलो खेलबाट अग्रपंक्तिमा दुई खेलाडी परिवर्तन गरेपनि आक्रमणमा नेपाल फितलो देखिएको थियो ।

यससँगै कुवेत टुरमा नेपालले २ खेलमा १ बराबरी र १ हार बेहोरेको छ । प्रशिक्षक योहान कालीनको पहिलो जिम्मेवारीमा नेपाली टोलीको प्रदर्शन सन्तोषजनक रह्यो । पहिलो रोजाइका अधिकांश खेलाडी उपलब्ध नभएको अवस्थामा कालीनले नयाँ खेलाडीलाई मौका दिएका थिए ।

सम्बन्धित खवर