ईलाममा सडक खन्ने क्रममा JCB ले फ्याँकेको ढुङगाले लागेर बालिकाको मृत्यु

ईलाममा सडक खन्ने क्रममा JCB ले फ्याँकेको ढुङगाले लागेर बालिकाको मृत्यु

सडक खन्ने क्रममा व्ऋद्य ले फ्याँकेको ढुङगाले लाग्दा ईलाममा १३ बर्षीया बालिकाको मृत्यु भएको छ । आज दिउँसो ३ बजेको समयमा ईलाम नगरपालिका ८ गरीमाटोलको भित्री सडक खण्डमा JCB ले सडक खन्दै सडकका ढुङगाहरु बाटो मुनी फ्याक्ने क्रममा बाटो मुनी पात पतिङगर बटुल्दै गरेकी स्थानीय देवी प्रसाद न्यौपानेकी १३ बर्षीया छोरी एलिसा न्यौपानेको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ । घटनास्थलमा जिल्ला प्रहरी कार्यालय ईलामबाट प्रहरी टोली खटीगई कानूनी प्रकृया पश्चात बालिकाको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल ईलाम पठाएको छ । JCB प्रहरीको नियन्त्रण रहेको छ भने चालक तत्काल फरार रहेकोले खोजतलास भईरहेको उक्त कार्यालयले जनाएको छ ।

सम्बन्धित खवर