प्रदेशको नाम र स्थाइ राजधानीका लागि बाटो खुल्यो

प्रदेशको नाम र स्थाइ राजधानीका लागि बाटो खुल्यो

बिराटनगर, प्रदेश १ को नाम र स्थाइ राजधानीका लागि बटो खुल्ला भएको छ । सोमबार बसेको प्रदेश सभाको बैठकमा प्रदेशसभा नियमावली संशोधन मस्यौदा समितिले प्रतिबेदन पेश गरेको छ । सो प्रतिवेदन पेश भएसंगै अब भने स्थायी राजधानी र नामको प्रस्ताव गर्ने बाटो सुनिश्चित बनेको हो ।

तुलसीप्रसाद न्यौपानेको संयोजकत्वमा प्रदेशसभा नियमावली संशोधन गर्न संसदले समिति बनाएको थियो । समितिका तर्फबाट न्यौपानेले सोमबारको संसद बैठकमा प्रतिवेदन पेश गरेका हुन् । यसअघि नियावलीमा प्रदेशको स्थायी राजधानी र नामांकनको विषय कसले तथा कुन विधिले सदन समक्ष प्रस्ताव गर्ने भन्ने प्रावधान थिएन । सदनमा प्रस्तुत गरिएको संशोधन प्रस्ताव मंगलबार निर्णयार्थ पेश हुँदैछ । प्रदेश सरकारले चालु हिउँदे अधिवेशनबाटै प्रदेश १ को नाम र राजधानी टुंगो लगाउने तयारी गरेको छ ।

सोमबार प्रदेशसभामा संशोधन प्रतिवेदन प्रस्तुत गर्दै संयोजक न्यौपानले भने, “पटक पटक गरी जम्मा १० वटा बैठक बस्यौं । संघीय संसदको मूल नियमावलीलाई नै आधार बनाएर धेरै संशोधनहरु गरेका छौं ।’’ उनले अब सदनबाट यस प्रस्तावलाई थप परिमार्जन वा थपघट गर्न सक्ने पनि जानकारी दिएका छन् ।

प्रदेश १ को नाम र स्थायी राजधानीको विषयमा भने दलका सांसद तथा ठाउँ विशेषका कारण फरक फरक धारणा छ । कोशी, कोशी–किराँत र सगरमाथा नाम तथा राजधानी विराटनगर, इटहरी, धनकुटा र गोठगाउँ बनाउने भन्ने विषयमा फरक फरक प्रस्तावहरु आइरहेका छन् ।

सम्बन्धित खवर